शुक्रबार, श्रावण १५,२०८३ 11:42:55
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 11:42:55
Bizshala
Global IME Bank Limited

सुरक्षा कारण देखाउँदै त्रिविले मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा रोक्यो

सुरक्षा कारण देखाउँदै त्रिविले मधेशका ११ परीक्षा केन्द्रमा एमबीएस परीक्षा रोक्यो
New Office

काठमाण्डौ । मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको असहज सुरक्षा अवस्थाका कारण त्रिभुवन विश्वविद्यालयले एमबीएस परीक्षाका ११ वटा परीक्षा केन्द्रको पूर्वनिर्धारित परीक्षा स्थगित गरेको छ।

त्रिविले शुक्रबार सूचना जारी गर्दै मधेश प्रदेशका सम्बन्धित केन्द्रमा सञ्चालन हुने परीक्षा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जनाएको हो। विश्वविद्यालयका अनुसार परीक्षार्थीको सुरक्षा र परीक्षा सञ्चालनको वातावरणलाई ध्यानमा राख्दै तत्कालका लागि परीक्षा रोकिएको हो।

स्थगित भएका परीक्षा केन्द्रहरूमा जनकपुरस्थित रामस्वरुप रामसागर बहुमुखी क्याम्पस, सर्लाही क्याम्पस मलंगवा, जनज्योति बहुमुखी क्याम्पस लालबन्दी, सिरहाको सूर्यनारायण सत्यनारायण मोरवैता यादव क्याम्पस, लहानस्थित जेएस मुरारका बहुमुखी क्याम्पस रहेका छन्।

त्यस्तै सप्तरीको महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराज, नेशनल पिपुल कलेज कञ्चनपुर, रौतहटको जनज्योति बहुमुखी क्याम्पस चन्द्रनिगाहपुर, गौरीशंकर यादव रौतहट क्याम्पस गौर, बाराको सिमरा कलेज तथा वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसका परीक्षा केन्द्र पनि प्रभावित भएका छन्।

त्रिविले अन्य परीक्षा केन्द्रमा भने पूर्वनिर्धारित तालिकाअनुसार परीक्षा सञ्चालन हुने स्पष्ट पारेको छ। मधेश प्रदेशबाहेकका केन्द्रका परीक्षार्थीलाई नियमित तालिकामै सहभागी हुन विश्वविद्यालयले आग्रह गरेको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.