मंगलवार, आश्विन २७,२०८३ 05:15:06
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 05:15:06
Bizshala
Global IME Bank Limited

राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग

Bizshala
राष्ट्रिय सभामा पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग
New Office

 

काठमाण्डौ । सुनसरीको देवानगञ्जमा भएको हिंसात्मक घटना र तराई–मधेशको पछिल्लो अवस्थालाई लिएर राष्ट्रिय सभामा पनि प्रधानमन्त्री बालेन्द्र शाह र गृहमन्त्रीको राजीनामा माग गरिएको छ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रञ्जित कर्णले सरकारको गैरजिम्मेवारीका कारण देश गम्भीर दुर्घटनातर्फ धकेलिएको आरोप लगाउँदै प्रधानमन्त्री र गृहमन्त्रीले पदबाट हट्नुपर्ने बताएका हुन्।

सांसद कर्णले आफ्नो गृह जिल्ला सिरहाको अवस्था भयावह बनेको उल्लेख गर्दै स्थानीय नागरिक त्रासमा बाँचिरहेको बताए। गोली चलिरहेको, मानिसहरू घरबाट बाहिर निस्कन नसकेको र घटनामा मृत्यु तथा दर्जनौँ घाइते भएको खबर आइरहेको उनको भनाइ थियो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

उनले देवानगञ्जमा तनाव बढ्न सक्नेबारे सरकारलाई एक महिनाअघिदेखि नै जानकारी भए पनि गृह मन्त्रालय र जिल्ला प्रशासनले आवश्यक चासो नदिएको आरोप लगाए। प्रधानमन्त्रीले जनतासँग संवाद गर्न नचाहेको तथा गृहमन्त्री गम्भीर समस्या समाधानमा उदासीन देखिएको उनको टिप्पणी थियो।

‘दमनबाट समस्याको समाधान हुँदैन। असन्तुष्टि र घृणा छ भने संवाद, छलफल र बैठकबाट निकास खोज्नुपर्थ्यो,’ कर्णले भने।

राज्यको गोलीबाट नागरिकको मृत्यु हुँदा प्रधानमन्त्री र गृहमन्त्रीले राजनीतिक जिम्मेवारी लिनुपर्ने नजिर वर्तमान सत्तापक्षकै नेताहरूले विगतमा स्थापित गरेको उल्लेख गर्दै उनले तत्काल राजीनामा दिन माग गरे।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

‘राज्यको गोलीबाट नागरिकको मृत्यु भएमा प्रधानमन्त्री र गृहमन्त्रीले जिम्मेवारी लिनुपर्छ भन्ने नजिर उहाँहरूले नै स्थापित गर्नुभएको हो,’ उनले भने, ‘अब त्यही नजिरअनुसार प्रधानमन्त्री र गृहमन्त्रीले राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ।’

कर्णले सरकारले गठन गर्ने सामान्य छानबिन समितिमाथि विश्वास गर्न नसकिने भन्दै घटनाको सत्यतथ्य पत्ता लगाउन अधिकारसम्पन्न न्यायिक समिति गठन गर्नुपर्ने मागसमेत राखे। उनले दमनको बाटो छाडेर सर्वदलीय बैठक, नागरिक समाज र सरोकारवालासँगको समन्वयबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गरे।

यसअघि बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा पनि प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गरिएको थियो।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X