मंगलवार, असार १७,२०८२ 06:53:39
  • मंगलवार, असार १७,२०८२ 06:53:39
Global IME Bank Limited

लक्ष्मी सनराइज बैंकले नेपाली डिजिटल बैँकिङ्गको रूपान्तरण गर्दै

Hyundai Nepal
लक्ष्मी सनराइज बैंकले  नेपाली डिजिटल बैँकिङ्गको रूपान्तरण गर्दै
Nabil Bank Limited

काठमाण्डौ । लक्ष्मी सन्‌राइज बैंकले आधुनिक बैंकिङ्ग आवश्यकतालाई सम्बोधन गर्ने उद्देश्यले विशुद्ध डिजिटल बैंकिङ्ग सेवा OrangeNXT को थालनी  गरेको छ । F1Soft अन्तर्गतको FoneNXT सँगको सहकार्यमा सुरु गरिएको यो सेवा नेपाली डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा एक महत्वपूर्ण कदम रहेको छ ।

OrangeNXTलेमोबाईल बैंकिङ्ग एपको माध्यमबाट सहजर पूर्ण डिजिटल अनुभव प्रदान गर्दै खाता खोल्ने देखीलिएर मुद्दती खाता, Goal-Based Deposit जस्ता वित्तीय व्यवस्थापनका उन्नत  सुविधाहरुप्रदान गर्नेछ । ग्राहकहरुको बदलिँदो आवश्यकता अनुकुल बैंकिङ्ग सेवा दिने लक्ष्मी सन्‌राइज बैंकको प्रतिबद्धतालाई यो पहलले टेवा पुर्याउनेछ ।

CG Motors
Muktinath Bikas Bank Limited

लक्ष्मी सन्‌राइज बैंकका प्रमुख कार्यकारी अधिकृतका अनुसार नेपालको डिजिटल बैंकिङ्गको परिदृश्यको रूपान्तरणमा OrangeNXT कोशेढुङा साबित हुन सक्छ । परम्परागत मोबाईल बैंकिङ्ग सेवालाई समेत समानन्तर रूपमा  विकास गर्दै, OrangeNXT मार्फत बैंकिङ्ग सेवा नपुगेका र विशेष गरी डिजिटल प्रविधिमैत्री युवा तथा विदेशमा रहेका ग्राहकहरुलाई प्रभावकारी बैंकिङ्ग सेवा प्रदान गरिनेछ । 

foneNXT का प्रमुख कार्यकारी अधिकृत सनतकुमार पौडेलका अनुसार छिटो र प्रभावकारी बैंकिङ्ग प्रदान गर्ने मूलभुत उद्देश्यले OrangeNXT को विकास गरिएको हो । परिकल्पनात्मक सोचबाट प्रेरित यस OrangeNXT ले बैंकिङ्ग अनुभवलाई आमूल परिवर्तन ल्याउदैँ ग्राहकहरुको अपेक्षाहरु पूरा गर्ने उनको विश्वास रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.