काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज देशका २० वटै वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूसँग छलफल गर्दै हुनुहुन्छ।
सरकारले बजेटमार्फत घोषणा गरेका आर्थिक सुधारका कार्यक्रम कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूले निर्वाह गर्नुपर्ने भूमिका तथा वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन अर्थमन्त्री वाग्लेले बैंकका सीईओहरूलाई छलफलमा बोलाउनुभएको हो।
अर्थ मन्त्रालयमा दिउँसो ३ बजे हुने छलफलमा नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजत प्राप्त सबै २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सहभागी हुनेछन्।
छलफलमा बैंकिङ क्षेत्रको पछिल्लो अवस्था, कर्जा विस्तार, निक्षेप परिचालन, ब्याजदर, खराब कर्जा, निजी क्षेत्रमा जाने कर्जा तथा आर्थिक गतिविधि चलायमान बनाउने विषयमा कुराकानी हुने अपेक्षा गरिएको छ।
बजेटमा समेटिएका आर्थिक सुधारका कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकार, केन्द्रीय बैंक र वाणिज्य बैंकहरूबीच समन्वय बढाउने विषयलाई पनि छलफलमा प्राथमिकता दिइने बताइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।