मंगलवार, आश्विन २७,२०८३ 01:19:22
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 01:19:22
Bizshala
Global IME Bank Limited

नबिल बैंकले बढायो लाभांश क्षमता, नाफामा समेत ३३ प्रतिशतको सुधार

Bizshala
नबिल बैंकले बढायो लाभांश क्षमता, नाफामा समेत ३३ प्रतिशतको सुधार
New Office

काठमाण्डौं । नबिल बैंक लिमिटेडले आफ्नो वित्तीय अवस्था सबल बनाउँदै सेयरधनीहरुका लागि लाभांश दिनसक्ने क्षमता बढाएको छ । बैंकले सार्वजनिक गरेको गत आवको चौथो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले आफ्नो लाभांश क्षमता १९.१० प्रतिशत पुर्याएको छ ।

अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको लाभांश क्षमता १४.२५ प्रतिशत मात्रै थियो । यस्तै बैंकको वितरणयोग्य मुनाफा समेत ३४.०७ प्रतिशतले बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । अघिल्लो आवको चौथो त्रैमामससम्म भने यस्तो रकम ३ अर्ब ८५ करोड रुपैयाँमा सीमित थियो ।

यस्तै बैंकको ब्याज आम्दानी बढ्दा र इम्पेयरमन्ट चार्ज घट्दा नाफा उकासिएको छ । बैंकले समीक्षा अवधिसम्म ७ अर्ब ९० करोड रुपैयाँबराबरको खुद नाफा कमाएको छ । यो रकम अघिल्लो आवको सोही अवधिसम्म बैंकले आर्जन गरेको ५ अर्ब ९२ करोड रुपैयाँको तुलनामा ३३.४९ प्रतिशतले बढी हो ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

अघिल्लो आवमा १६ अर्ब ३२ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको बैंकले समीक्षा अवधिसम्म भने १७ अर्ब ९ लाख आर्जन गरेको छ । खुद शुल्क तथा कमिशन आम्दानी समेत ३ अर्ब ४२ करोडबाट बढेर ३ अर्ब ५४ करोड पुगेको छ । अघिल्लो आवमा ९ अर्ब २३ करोड रहेको बैंकको सञ्चालन मुनाफा ११ अर्ब ५६ करोड पुगेको छ ।

चौथो त्रैमाससम्म बैंकको रिटेन्ड अर्निङ ३ अर्ब ८५ करोडबाट बढेर ५ अर्ब १६ करोड र रिजर्भको आकार समेत ३१ अर्ब ६२ करोडबाट बढेर ३४ अर्ब ६८ करोड पुगेको छ ।

बैंकको इम्पेयरमेन्ट चार्ज ४ अर्ब २० करोडबाट घटेर २ अर्ब ६७ करोडमा सीमित बनेको छ । खराब कर्जा अनुपात पनि ४.४८ प्रतिशतबाट घटेर ४.२० प्रतिशतमा सीमित बनेको छ ।

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी(ईपीएस) २८.३६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २७१५.५० रुपैयाँ, प्रतिसेयर नेटवर्थ २४७.२८ रुपैया र तरलता अनुपात २८.८७ प्रतिशत कायम भएको छ ।   

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X