बिहीबार, श्रावण २१,२०८३ 02:32:24
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 02:32:24
Bizshala
Global IME Bank Limited

ग्यासमा कृत्रिम अभाव वा कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न मन्त्रालयको आग्रह

ग्यासमा कृत्रिम अभाव वा कालोबजारी भए ९८५१११६७७३ मा उजुरी गर्न मन्त्रालयको आग्रह
New Office

 

काठमाण्डौ । देशभर खाना पकाउने एलपी ग्यासको अभाव चर्किएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजार अनुगमन र गुनासो सुनुवाइलाई तीव्र बनाएको छ।

उद्योगमन्त्री गौरीकुमारी यादवको सचिवालयले सूचना जारी गर्दै ग्यासको कृत्रिम अभाव सिर्जना गरिएको, कालोबजारी भएको वा तोकिएकोभन्दा बढी मूल्य लिइएको पाइएमा मोबाइल नम्बर ९८५१११६७७३ मा जानकारी गराउन उपभोक्तालाई आग्रह गरेको छ।

मन्त्रालयका अनुसार उपभोक्ताबाट प्राप्त गुनासो र सूचनालाई गम्भीरतापूर्वक लिई सम्बन्धित निकायसँग समन्वय गरेर तत्काल अनुगमन तथा कारबाही प्रक्रिया अघि बढाइनेछ।

पछिल्लो करिब २० दिनदेखि बजारमा ग्यास आपूर्ति असहज हुँदा उपभोक्ता घण्टौँसम्म लाइनमा बस्न बाध्य भएका छन्। कतिपय उपभोक्ता लामो समय लाइनमा बसेर पनि रित्तो सिलिन्डर लिएर फर्किनुपरेको गुनासो गरिरहेका छन्।

आपूर्ति असहज भएको अवस्थाको फाइदा उठाउँदै केही व्यवसायीले ग्यास लुकाउने, कृत्रिम अभाव सिर्जना गर्ने तथा बढी मूल्य असुल्ने गरेको गुनासो बढेपछि मन्त्रालयले सिधै उजुरी गर्न सकिने सम्पर्क नम्बर सार्वजनिक गरेको हो।

मन्त्रालयले ग्यासको बिक्री–वितरणमा अनियमितता देखिए स्थान, विक्रेताको विवरण र सम्भव भएसम्म प्रमाणसहित जानकारी गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.