बिहीबार, श्रावण २१,२०८३ 04:30:47
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 04:30:47
Bizshala
Global IME Bank Limited

सांसदसँग चर्काचर्कीपछि गृहमन्त्री गुरुङले मागे माफी, भने– मेरो भाषा अलि ठाडो भयो

सांसदसँग चर्काचर्कीपछि गृहमन्त्री गुरुङले मागे माफी, भने– मेरो भाषा अलि ठाडो भयो
New Office

 

काठमाण्डौ । राष्ट्रिय सभाको बैठकमा सांसदहरूसँग चर्काचर्की भएपछि गृहमन्त्री सुधन गुरुङले आफ्नो भाषा र प्रस्तुतिको शैली रुखो भएको स्वीकार गर्दै माफी मागेका छन्।

मनसुनजन्य विपद् व्यवस्थापनसम्बन्धी छलफलका क्रममा निर्मला पन्त हत्या प्रकरणको विषय उठेपछि गृहमन्त्री गुरुङ आक्रोशित बनेका थिए। उनले रोष्ट्रमबाटै ‘मलाई निर्मला पन्तको विषयमा प्रश्न नगर्नुस्’ भन्दै चेतावनीपूर्ण शैलीमा जवाफ दिएका थिए।

गृहमन्त्रीको अभिव्यक्ति संसदीय मर्यादाअनुकूल नभएको भन्दै सांसदहरूले आलोचना गरेपछि उनले पुनः रोष्ट्रममा उभिएर क्षमा मागेका हुन्।

उनले भने, ‘हजुरहरूबाट हामीले धेरै कुरा सिक्न बाँकी छ, सिक्दै जानेछौँ। मेरो तर्फबाट अलिकति ठाडो तरिकाबाट भयो जस्तो लाग्यो। यसका लागि म क्षमाप्रार्थी छु र हजुरहरूसँग माफी माग्न चाहन्छु।’

आफू संसदीय अभ्यासमा नयाँ रहेको उल्लेख गर्दै मन्त्री गुरुङले अनुभवी सांसदहरूबाट सिक्ने क्रममै रहेको बताए। उनले आफ्नो अभिव्यक्ति र शैलीलाई सोही रूपमा बुझिदिनसमेत आग्रह गरे।

यद्यपि, विपद् व्यवस्थापनसम्बन्धी छलफलमा असम्बन्धित राजनीतिक विषय जोडिएकोप्रति भने उनले असन्तुष्टि कायम राखे।

‘हामी मनसुनजन्य विपद् व्यवस्थापनका विषयमा छलफल गरिरहेका थियौँ। तर विषयकेन्द्रित नभएर निर्मला पन्त हत्याकाण्ड जोडियो,’ उनले भने, ‘निर्मला पन्त हत्याकाण्ड र मनसुनजन्य विपद् व्यवस्थापनबीच के सम्बन्ध छ? माननीयज्यूहरू विषयकेन्द्रित भइदिनुपर्छ।’

गृहमन्त्रीले आफ्नो रुखो प्रस्तुतिका लागि माफी मागेपछि राष्ट्रिय सभाको तनावपूर्ण वातावरण केही सहज बनेको थियो।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.