आईतवार, भाद्र २३,२०८१ 07:46:22
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:46:22
IME remit
Global IME Bank Limited

यो साता ५० दिने मुभिङ एभरेजमा बजारले गर्‍यो प्रतिरोधको सामना, कस्तो रहँला आगामी यात्रा ?

Hyundai Nepal
यो साता ५० दिने मुभिङ एभरेजमा बजारले गर्‍यो प्रतिरोधको सामना, कस्तो रहँला आगामी यात्रा ?
Nabil Bank Limited

काठमाण्डौ । यो साता सेयर बजारमा ४ दिन कारोबार भयो । चार दिनमा बजार ३ दिन बढ्यो भने १ दिन घट्यो । अघिल्लो साता १ हजार ९६५.९३ विन्दुमा बन्द भएको बजार यो साता १ हजार ९९८.९६ विन्दुमा बन्द भयो । यस हिसाबले यो साता सेयर बजारमा ३३.०३ अंकको सुधार आयो । यो साता दोस्रो बजारमा १४.४५ अर्बको कारोबार भयो । यस्तो कारोबार अघिल्लो साता ८.५० अर्बबराबरको भएको थियो । यस हिसाबले यो साता दोस्रो बजारमा नेप्से सूचक र कारोबार दुबै बढ्यो । यो साता बजार पूँजीकरण ३१ खर्ब ६९ अर्ब पुगेको छ । अघिल्लो साता बजार पूँजीकरण ३१.१७ खर्ब रहेको थियो । यस हिसाबले यो साता बजार सुधार हुँदा बजार पूँजीकरण पनि ५२ अर्बले बढ्यो ।  

मुभिङग एभरेजको आधारमा  

मुभिङ एभरेजलाई अर्को शब्दमा रोलिङग एभरेज वा रनिङ एभरेज पनि भनिन्छ । प्राविधिक विश्लेषणको यो विधि सेयर डेरिभेटिभ तथा विदेशी मुद्रा कारोबारमा उत्तिकै प्रयोगमा आउँछ । मुभिङग एभरेज भनेको निश्चित तथ्यांकको एउटा औषत समूह बनाएर प्रस्तुत गरेको रेखालाई बुझिन्छ । विशेष गरि यस्तो तथ्यांक १०,२०, ४०,५० तथा २०० दिने बनाउने गरिन्छ ।  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बजारमा छोटो समयको उचारचढाव हेर्न छोटो र लामो समयको उतारचढाव हेर्न लामो समयको तथ्यांकको समूह बनाएर औषत तथ्यांक बनाइन्छ । मुभिङग एभरेज खासगरि टेवा(सपोट) र अवरोध पत्ता लगाउन प्रयोग गरिन्छ । घट्दो बजारमा मूल्य रेखा मुभिङ एभरेजको रेखा भन्दा तल झर्छ भने बढ्दो बजारमा मूल्य रेखा मुभिङग एभरेजको रेखा भन्दा माथि रहने गर्छ । अर्थात बढ्दो बजारमा यसले टेवा र घट्दो बजारमा प्रतिरोधको काम गरेको हुन्छ ।

यो साता ५० दिने मुभिङग एभरेजमा  बजारले प्रतिरोध सामाना गरेको छ । यस अघि पनि बजारले १० अप्रिलमा २०४६ को विन्दुमा प्रतिरोधको सामाना गरेको थियो । बजारले पटक–पटक ५० दिन मुभिङ एभरेजमा प्रतिरोध सामना गरेकाले बजार अहिले नै मजबुत भने नरहेको देखिन्छ ।  

बोलिङगर ब्याण्ड , म्याक्डी र आरएसआई

यो साताको बजारलाई बोलिङगर ब्याण्डमार्फत नियाल्दा तल्लो ब्याण्ड छोएर फर्केको बजार मध्य ब्याण्डमा टिकेको छ । म्याक्डीमा बुलिस क्रसओभर बनेको छ भने हिस्टोग्राम पनि सकरात्मक बनेका छन् । आरएसआई न्यूट्रल जोन ४७ को तहमा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजार करेक्सन हुँदै माथिको यात्रा तय गर्दै गरेको देखिन्छ ।  

सुपर ट्रेण्ड  

सुपर ट्रेण्डमार्फत बजारलाई नियाल्दा हाल बजार ट्रेण्डलाईन भन्दा तल नै चलेको छ । अर्थात मूल्य रेखाहरु ट्रेण्डलाईन भन्दा तल चलेका छन् । सुपर ट्रेण्डको रंग पनि हरियोबाट रातो नै बनेको छ । सुपर ट्रेण्डको आधारमा बजार २०४० भन्दा माथि लागेमा अप ट्रेण्ड लिन सक्छ ।  

पिभट् विश्लेषण  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतार चढाव निकालिन्छ ।

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –२०२७

प्रतिरोध २ –२०१०

प्रतिरोध १– १९८८

पिभट प्वइन्टः १९७०

घटेमा सपोर्ट  

सपोर्ट १– १९४८

सपोर्ट २– १९३१

सपोर्ट  ३ –१९०९

निष्कर्ष  ः यो साता दोस्रो बजारमा ४ दिनमात्रै सेयर कारोबार भयो । जसमा बजार  ३ दिन बढ्यो भने १ दिन मात्रै घट्यो । अघिल्लो साता बजार ६ अंकले घटेर बन्द भएको थियो । अघिल्लो साताहरुमा लगातार २ साता घटेको बजारमा यो साता  भने सूचक र कारोबार दूबैमा  बढोत्तरी आएको छ ।  

यद्यपि बजारलाई मुभिङ एभरेजमार्फत नियाल्दा ५० दिन मुभिङ एभरेज र पिभट् प्वइन्टको तेस्रो विन्दुमा प्रतिरोध सामना गरेको छ । त्यसकारण आगामी दिनमा बजार यदि २०४० भन्दा माथि कारोबार र भोल्युमसहित टिक्छ भने बजारले माथिको यात्रा तय गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X