सोमबार, श्रावण २५,२०८३ 03:02:40
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 03:02:40
Bizshala
Global IME Bank Limited

बालेन एक्लै छैनन्, सही कदममा प्रतिपक्ष साथमा छ: नेपाली कांग्रेस

बालेन एक्लै छैनन्, सही कदममा प्रतिपक्ष साथमा छ: नेपाली कांग्रेस
New Office

काठमाण्डौ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको हित र सीमा सुरक्षाजस्ता राष्ट्रिय मुद्दामा सरकारले चाल्ने सकारात्मक कदममा आफू सधैँ साथमा रहने स्पष्ट पारेको छ। तर सरकार विधि, प्रक्रिया र संसदीय मर्यादाबाट विचलित भए प्रतिपक्षले त्यसको विरोध गर्ने कांग्रेसको चेतावनी छ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद रेनुका काउचाले प्रधानमन्त्री बालेन्द्र शाहले पछिल्लो समय सामाजिक सञ्जालमार्फत व्यक्त गरेको ‘एक्लो महसुस भएको’ अभिव्यक्तिप्रति टिप्पणी गर्दै प्रधानमन्त्रीलाई आफू एक्लो नभएको बताइन्।

उनले प्रधानमन्त्रीलाई ‘कालो चस्मा खोलेर हेर्न’ आग्रह गर्दै मुलुकको हितमा सरकारले चाल्ने सही कदममा प्रतिपक्षको साथ रहने तर गलत प्रक्रिया र निर्णयमा प्रश्न उठाउनु आफ्नो संवैधानिक दायित्व भएको बताइन्।

‘तपाईं एक्लो हुनुहुन्न । मुलुकको हितमा तपाईंले चाल्ने सही कदममा प्रतिपक्ष तपाईंको साथमा छ । तर विधि, प्रक्रिया र संसदीय मर्यादा उल्लङ्घन हुँदा प्रतिपक्ष मौन बस्न सक्दैन,’ काउचाले भनिन्।

प्रधानमन्त्रीले संसद्मा उठाइने प्रश्नलाई ‘घेराबन्दी’का रूपमा बुझ्न नहुने उनको भनाइ थियो। संसद्ले सरकारसँग जवाफ माग्नु र प्रतिपक्षले सरकारलाई सचेत गराउनु लोकतान्त्रिक अभ्यास भएको उनले स्पष्ट पारिन्।

‘संसद्ले प्रश्न सोध्नु घेराबन्दी होइन, प्रतिपक्षले जवाफ माग्नु असहयोग होइन र सरकारलाई सचेत गराउनु अपमान होइन,’ उनले भनिन्, ‘यो त संसदीय लोकतन्त्रको सुन्दरता र हाम्रो संवैधानिक दायित्व हो।’

काउचाले प्रधानमन्त्री शाहले संसद्को रोस्टमबाट सीमा सम्बन्धमा दिएको अभिव्यक्तिको पनि आलोचना गरिन्। सीमा जस्तो संवेदनशील विषयमा राजनीतिक आवेगभन्दा तथ्य र प्रमाणका आधारमा धारणा सार्वजनिक गर्नुपर्ने उनको भनाइ थियो।

यस्ता विषयमा असावधानीपूर्वक दिइने अभिव्यक्तिले नेपालको अन्तर्राष्ट्रिय साख र कूटनीतिक विश्वसनीयतामा असर पार्न सक्ने उनले चेतावनी दिइन्।

‘गल्ती स्वीकार गर्नु कमजोरी होइन, सत्य सच्याउनु नेतृत्वको शक्ति हो,’ काउचाले भनिन्, ‘यदि अन्तर्मनले चाहन्छ भने जनता र संसद्सँग क्षमा माग्नुहोस्, यसले तपाईंको लोकतान्त्रिक कद घटाउँदैन, बरु बढाउँछ।’

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.