सोमबार, श्रावण २५,२०८३ 04:35:29
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 04:35:29
Bizshala
Global IME Bank Limited

कोशीमा मन्त्रालय भागबण्डामा एमाले–नेकपा रस्साकस्सी, आङ्बोले मागे ४, शेरधन ३ मै अडिग

Prabhu Bank Limited
कोशीमा मन्त्रालय भागबण्डामा एमाले–नेकपा रस्साकस्सी, आङ्बोले मागे ४, शेरधन ३ मै अडिग
New Office

 

काठमाण्डौ । कोशी प्रदेशमा सत्ता सहकार्य गर्ने सहमति गरेका नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच मन्त्रालय भागबण्डामा रस्साकस्सी सुरु भएको छ।

प्रदेशमा हाल कायम ९ वटा मन्त्रालयमध्ये नेकपाले ४ वटा मन्त्रालयमा दाबी गरेको छ। तर एमालेले भने नेकपालाई अधिकतम ३ वटा मन्त्रालय मात्रै दिन सकिने अडान राखेको छ।

नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सत्ता सहकार्यका क्रममा आफ्नो दलले ४ वटा मन्त्रालय पाउनुपर्ने प्रस्ताव एमालेसमक्ष राखेको बताएका छन्।

‘हामीले चारवटा मन्त्रालय भनेका छौं। उहाँहरूको कुरा मिडियामार्फत सुनेका हौं,’ आङ्बोले भने, ‘यस विषयमा औपचारिक छलफल भने अझै अघि बढेको छैन।’

हालको कोशी प्रदेश सरकारमा नेपाली कांग्रेसबाट ४ मन्त्री र एक राज्यमन्त्री सहभागी छन्। नेकपाले पनि सत्ता साझेदारी गर्दा कांग्रेसले पाएको हाराहारीकै हिस्सा आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ।

आङ्बोका अनुसार सोमबार हुने छलफलमा मन्त्रालय भागबण्डासँगै सरकार सञ्चालनका लागि न्यूनतम साझा कार्यक्रम, चालु बजेटको पुनरावलोकन तथा आगामी सत्ता सहकार्यको कार्यदिशाबारे समेत छलफल हुनेछ।

तर एमालेका सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले भने मन्त्रालय भागबण्डामा नेकपाको माग स्वीकार गर्न नसकिने संकेत गरेका छन्।

आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै राईले ६–३ को अनुपातमा सत्ता साझेदारी गर्न सकिने बताएका हुन्। उनको भनाइअनुसार ९ मन्त्रालयमध्ये एमालेले ६ र नेकपाले ३ मन्त्रालय लिने गरी सहमति गर्नुपर्ने एमालेको प्रस्ताव छ।

दुवै दलबीच सत्ता सहकार्यमा सैद्धान्तिक सहमति भए पनि मन्त्रालयको संख्यामा देखिएको फरक अडानले सरकार पुनर्गठनको प्रक्रिया भने थप छलफलमा जाने देखिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.