सोमबार, श्रावण २५,२०८३ 07:01:02
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 07:01:02
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकका ग्राहकलाई राष्ट्रिय परिचयपत्र विवरण अपडेट गर्न असोज मसान्तसम्मको समय

मोबाइल बैंकिङ, iServe वा शाखाबाट विवरण अद्यावधिक गर्न सकिने

Prabhu Bank Limited
एनआईसी एशिया बैंकका ग्राहकलाई राष्ट्रिय परिचयपत्र विवरण अपडेट गर्न असोज मसान्तसम्मको समय
New Office

 

 

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना खातावाला ग्राहकलाई राष्ट्रिय परिचयपत्र (National ID Card) सम्बन्धी विवरण आगामी २०८३ असोज मसान्तसम्म स्वघोषणा गरी अद्यावधिक गर्न अनुरोध गरेको छ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि जारी गरेको एकीकृत निर्देशनमा भएको व्यवस्थाअनुसार खातावालाले आफूसँग राष्ट्रिय परिचयपत्र भए वा नभएको विवरणसमेत स्वघोषणा गरी बैंकमा अद्यावधिक गर्नुपर्ने भएको बैंकले जनाएको छ।

सोही व्यवस्थाअनुसार एनआईसी एशियाले आफ्ना ग्राहकलाई निर्धारित समयभित्र राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अपडेट गर्न आग्रह गरेको हो।

घरबाटै अपडेट गर्न सकिने

ग्राहकले राष्ट्रिय परिचयपत्रको विवरण अद्यावधिक गर्न बैंकको शाखामै पुग्नुपर्ने बाध्यता भने छैन।

बैंकका अनुसार ग्राहकले मोबाइल बैंकिङ एप ‘MoBank’ वा बैंकको वेबसाइटमा उपलब्ध iServe सेवामार्फत घरबाटै राष्ट्रिय परिचयपत्र भए/नभएको स्वघोषणा तथा विवरण अद्यावधिक गर्न सक्नेछन्।

MoBank प्रयोगकर्ताले एपमा लगइन गरी ‘Banking Services’ अन्तर्गत रहेको ‘Update NID’ विकल्पमार्फत विवरण अद्यावधिक गर्न सक्ने बैंकले जनाएको छ।

त्यस्तै, iServe सेवामार्फत पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अनलाइनबाटै अपडेट गर्न सकिनेछ।

अनलाइन सेवा प्रयोग गर्न नसक्ने ग्राहकले आफूलाई पायक पर्ने एनआईसी एशिया बैंकको जुनसुकै शाखा कार्यालयमा पुगेरसमेत राष्ट्रिय परिचयपत्रको विवरण स्वघोषणा वा अद्यावधिक गर्न सक्नेछन्।

विदेशमा रहेका नेपालीलाई यस्तो सुविधा

विदेशमा बसोबास गरिरहेका नेपाली नागरिकका लागि पनि बैंकले छुट्टै व्यवस्था रहेको जनाएको छ।

विदेशमा रहेका नेपालीले राष्ट्रिय परिचयपत्र वा राष्ट्रिय परिचयपत्र नम्बर नभए पनि अन्य आवश्यक कागजातका आधारमा अनलाइनमार्फत बैंक खाता खोल्न सक्नेछन्।

यसरी खाता खोल्ने ग्राहकले नेपाल फर्किएको ३५ दिनभित्र राष्ट्रिय परिचयपत्रसम्बन्धी विवरण अद्यावधिक गर्नुपर्ने बैंकले जनाएको छ।

बैंकले नियामकीय व्यवस्था पालना गर्न तथा बैंकिङ विवरण अद्यावधिक राख्न आफ्ना खातावाला ग्राहकलाई असोज मसान्तभित्र आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.