काठमाण्डौ । इष्टर्न हाइड्रोपावर नाफामा राम्रो सुधार देखिएको छ । कम्पनीले गत आवको चौथो त्रैमाससम्म २ करोड १० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम गत आवको सोही अवधिको तुलनामा १४४.१४ प्रतिशतले बढी हो ।
अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद नाफा ८६ लाख १६ हजार रहेको थियो । यस्तै अघिल्लो आवमा कम्पनीको विद्युत बिक्रीबाट १२ करोड ९३ लाख रुपैयाँ मात्रै आम्दानी भएकोमा समीक्षा अवधिसम्म यस्तो आम्दानी १४ करोड ६८ लाख पुगेको छ ।
कम्पनीको कुल खर्च ५ करोड ५७ लाख रहेको छ । कम्पनीको वित्त खर्च ५ करोड २३ लाखबाट घटेर ४ करोड ९० लाखमा सीमित बनेको छ ।
कम्पनीको चुक्तापूँजी ६२ करोड रुपैयाँ रहेकोमा रिजर्भ फण्ड भने १४ करोड ६९ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ । कम्पनीको इपीएस ३.३९ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ७६.३० रुपैयाँ, तरलता अनुपात २.४७ प्रतिशत, मूल्य आम्दानी अनुपात ९६.७७ गुणा रहेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।