मंगलवार, श्रावण २६,२०८३ 05:43:27
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 05:43:27
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकद्वारा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रसहित दुई विद्यालयमा सहयोग प्रदान

Prabhu Bank Limited
एनआईसी एशिया बैंकद्वारा विशेष स्कुल तथा पुनर्स्थापना केन्द्रसहित दुई विद्यालयमा सहयोग प्रदान
New Office

काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ताथली, चाँगुनारायण नगरपालिका, भक्तपुरस्थित विशेष स्कुल तथा पुनर्स्थापना केन्द्र Special School for Disable and Rehabilitation Center -SSDRC, पालडाँडा, नवलपरासीस्थित शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालय र ठोकर्पा, सुनकोशी गाउँपालिका–१, सिन्धुपाल्चोकस्थित बाघ भैरव माध्यमिक विद्यालयमा विद्यार्थीहरुको पठनपाठनलाई अझ सहज बनाउँदै गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले विभिन्न सहयोग प्रदान गरेको छ ।  

बैंकले शान्ति निकुञ्ज रेवती गौमाता गौतम माध्यमिक विद्यालयमा अध्यनरत ५०६ भन्दा धेरै विद्यार्थीहरुलाई डिजिटल पहुँच बढाउँदै डिजिटल शिक्षा वृद्धि गर्ने उद्देश्य अनुरुप डिजिटल बोर्ड प्रदान गरेको छ । साउन २० गते एक विशेष कार्यक्रमका बीच यस बैंकका सुनवल सर्कल हेड तिलक राम खनाल तथा बर्दघाट शाखा प्रमुख प्रेम पौडेलले उक्त विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद चापागाँइलाई उक्त सहयोग प्रदान गरे ।

त्यसैगरी, बैंकले विशेष स्कुल तथा पुनस्र्थापना केन्द्रद्वारा सञ्चालित अटिजम स्कुल भवन पूर्ण रुपमा सञ्चालनको लागि विद्युतीय प्रणाली (वायरिङ्ग) र उक्त भवनभित्र रङ्गरोगनका लागि पनि बैंकले विशेष सहयोग प्रदान गरेको छ । 

उक्त कार्य सम्पन्न पश्चात साउन २१ गते एक विशेष कार्यक्रमका बीच यस बैंकका काठमाण्डौ पूर्वका सर्कल हेड गणेश पौडेल र भक्तपुर शाखा प्रमुख इश्वर जिसीूले उक्त केन्द्रकी अध्यक्ष सविता उप्रेतीलाई उक्त सहयोग हस्तान्तरण गरे ।

त्यसैगरी, बैंकले ठोकर्पा, सुनकोशी गाउँपालिका–१, सिन्धुपाल्चोकस्थित बाघ भैरव माध्यमिक विद्यालयमा अध्ययनरत ३०२ भन्दा धेरै विद्यार्थीहरुका लागि झोला र प्रोजेक्टर प्रदान गरेको छ । 

साउन २२ गते एक विशेष कार्यक्रमका बीच बनेपा सर्कल हेड अमृत मान श्रेष्ठ र इएसजी एण्ड सस्टेनेबल बैंकिङ्ग विभाग प्रमुख सोफी अधिकारी पौड्यालले उक्त विद्यालयका प्रधानाध्यापक श्री हिक्मत बहादुर कार्कीज्यूलाई उक्त शैक्षिक सामग्रीहरु हस्तान्तरण गरे ।

बैंकले उक्त विद्यालयहरु तथा पुनस्र्थापना केन्द्रलाई उपलब्ध गराएको सहयोगले विद्यालय तथा पुर्नस्थापना केन्द्रका विद्यार्थीहरुको सिकाई र पठनपाठनमा सहजता हुनुको साथै गुणस्तरीय शैक्षिक वातावरण सिर्जना गर्न तथा सुविधा सम्पन्न शैक्षिक एवम् पुनस्र्थापना वातावरण निर्माण गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X