बुधबार, श्रावण २७,२०८३ 01:16:09
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 01:16:09
Bizshala
Global IME Bank Limited

नाइमा मोबिलिटी एक्स्पोमा टाटाको ‘डबल धमाका’, नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक

एक्स्पोमै बुकिङ गर्दा पञ्च ईभीमा एक लाख छुट, दुवै गाडीमा ११ वर्षसम्मको विशेष वारेन्टी

Prabhu Bank Limited
नाइमा मोबिलिटी एक्स्पोमा टाटाको ‘डबल धमाका’, नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक
New Office

काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो–२०२६’ मा दुई नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ।

काठमाण्डौको भृकुटीमण्डपमा जारी एक्स्पोमा कम्पनीले नयाँ ‘पञ्च ईभी’ र ‘टियागो ईभी’ नेपाली बजारमा उतारेको हो। फरक आवश्यकता र बजेट भएका ग्राहकलाई लक्षित गर्दै ल्याइएका यी गाडीमा कम्पनीले एक्स्पो अवधिका लागि आकर्षक मूल्य तथा विस्तारित वारेन्टी सुविधा घोषणा गरेको छ।

नयाँ पञ्च ईभीको नियमित सुरुवाती मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरिएको छ। तर, एक्स्पो अवधिभर बुकिङ गर्ने ग्राहकले एक लाख रुपैयाँ छुटसहित ३२ लाख ९९ हजार रुपैयाँमै गाडी खरिद गर्न सक्नेछन्।

नयाँ टियागो ईभीको सुरुवाती मूल्य भने २८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। एक्स्पोमा यीमध्ये कुनै पनि गाडी बुकिङ गर्ने ग्राहकलाई कम्पनीले ११ वर्ष वा २ लाख २० हजार किलोमिटरसम्मको विस्तारित वारेन्टी उपलब्ध गराउने घोषणा गरेको छ।

गाडी सार्वजनिक कार्यक्रममा सिप्रदी ट्रेडिङका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले पछिल्लो प्रविधियुक्त विद्युतीय सवारीसाधन नेपाली बजारमा भित्र्याउने कम्पनीको प्रतिबद्धताअनुसार नयाँ मोडल सार्वजनिक गरिएको बताए।

‘नयाँ पञ्च ईभी र टियागो ईभी सार्वजनिक गर्नुले नेपालमा अत्याधुनिक विद्युतीय सवारीसाधन उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ,’ श्रेष्ठले भने, ‘दुवै गाडी फरक–फरक ग्राहकको आवश्यकता पूरा गर्ने गरी विकास गरिएका छन्।’

नयाँ पञ्च ईभीमा ३२५ किलोमिटरसम्मको रेन्ज

अत्याधुनिक ‘एक्ट.इभी’ प्लेटफर्ममा निर्माण गरिएको नयाँ पञ्च ईभीमा ३२ किलोवाट आवर र ४० किलोवाट आवर क्षमताका दुई ब्याट्री विकल्प उपलब्ध छन्। कम्पनीका अनुसार नेपालको सडकमा गरिएको परीक्षणमा यी गाडीले एकपटकको पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्मको रेन्ज दिएका छन्।

पञ्च ईभीमा १९५ मिलिमिटरको ग्राउन्ड क्लियरेन्स दिइएको छ। यसले उबडखाबड तथा ग्रामीण सडकमा समेत गाडी चलाउन थप सहज बनाउने कम्पनीको दाबी छ।

सुरक्षाका दृष्टिले पञ्च ईभीले बीएनसीएपीबाट पाँचतारे रेटिङ प्राप्त गरेको छ। यसमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा र फास्ट चार्जिङ प्रविधि समावेश छन्।

भ्वाइसबाट सञ्चालन गर्न सकिने सनरुफ, २६.०३ सेन्टिमिटरको हर्मन इन्फोटेनमेन्ट प्रणाली तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटरको बुट स्पेस यसका अन्य प्रमुख विशेषता हुन्।

टियागो ईभीमा नयाँ स्वरूप र थप सुरक्षा

दैनिक आवतजावतका लागि उपयोगी ह्याचब्याकका रूपमा ल्याइएको नयाँ टियागो ईभीलाई कम्पनीले थप आधुनिक स्वरूप र सुरक्षात्मक सुविधासहित बजारमा उतारेको छ।

गाडीमा नयाँ डिजाइन, आकर्षक रङ, ३६० डिग्री एचडी क्यामेरा, २६.०३ सेन्टिमिटरको इन्फोटेनमेन्ट प्रणाली र ६ वटा एयरब्याग उपलब्ध छन्। सहरभित्रको नियमित यात्रा तथा पारिवारिक प्रयोगलाई ध्यानमा राखेर गाडी तयार गरिएको कम्पनीले जनाएको छ।

देशभर चार्जिङ र सर्भिस नेटवर्क विस्तार

सिप्रदीले विद्युतीय गाडी बिक्रीसँगै चार्जिङ तथा बिक्रीपछिको सेवाका लागि आवश्यक पूर्वाधार विस्तारमा पनि लगानी बढाइरहेको जनाएको छ।

सिप्रदी ट्रेडिङका प्रमुख सञ्चालन अधिकृत राजेशप्रसाद गिरीले विद्युतीय सवारीसाधनप्रतिको कम्पनीको प्रतिबद्धता गाडी बिक्रीमा मात्र सीमित नरहेको बताए।

उनका अनुसार कम्पनीले हाल देशभर २१ भन्दा बढी ईभी सर्भिस सेन्टर सञ्चालन गरिरहेको छ। त्यसैगरी, ४० वटा डीसी चार्जिङ प्वाइन्ट र १५० भन्दा बढी एसी चार्जिङ प्वाइन्ट सञ्चालनमा छन्।

बलियो सर्भिस तथा चार्जिङ सञ्जालमार्फत ग्राहकलाई विद्युतीय गाडी प्रयोगमा विश्वास र सहजता दिलाउने उद्देश्यले पूर्वाधार विस्तारलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.