बुधबार, श्रावण २७,२०८३ 03:26:09
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 03:26:09
Bizshala
Global IME Bank Limited

नेपाल भित्रियो मोन्ट्रा इलेक्ट्रिकको ‘सुपर अटो’, एक चार्जमा १५० किलोमिटर दौडिने

३२ प्रतिशत ग्रेडेबिलिटी, ६० एनएम टर्क र हिल–होल्ड असिस्ट; मूल्य ८ लाख ६४ हजार ९०० रुपैयाँ

Prabhu Bank Limited
नेपाल भित्रियो मोन्ट्रा इलेक्ट्रिकको ‘सुपर अटो’, एक चार्जमा १५० किलोमिटर दौडिने
New Office

 

 

काठमाण्डौ । भारतीय विद्युतीय सवारी ब्रान्ड मोन्ट्रा इलेक्ट्रिक नेपाली बजारमा औपचारिक रूपमा प्रवेश गरेको छ। कम्पनीले आफ्नो नेक्स्ट जेनेरेसन यात्रुवाहक इलेक्ट्रिक थ्री–ह्विलर ‘सुपर अटो’ को पहिलो ब्याच नेपालमा सार्वजनिक गरेको हो।

मोन्ट्रा इलेक्ट्रिक नेपालका लागि आधिकारिक राष्ट्रिय वितरक हिप्को ट्रेडिङ प्रालिमार्फत नेपाली बजारमा भित्रिएको हो।

काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद आशिष गजुरेलले मोन्ट्रा इलेक्ट्रिकको फ्ल्यागसिप यात्रुवाहक थ्री–ह्विलर ‘सुपर अटो’ सार्वजनिक गरे।

कम्पनीका अनुसार सुपर अटोलाई नेपालको सडक र भौगोलिक अवस्थालाई ध्यानमा राखेर विकास गरिएको छ। नेपालका सडकमा गरिएको परीक्षण, स्थानीय वितरकबाट प्राप्त सुझाव तथा पहाडी भू–भागको आवश्यकतालाई समेत यसको इन्जिनियरिङमा समेटिएको कम्पनीको भनाइ छ।

नेपालको पहाडी तथा उकालो सडकलाई लक्षित गर्दै सुपर अटोमा ३२ प्रतिशत ग्रेडेबिलिटी दिइएको छ। यसले तीव्र उकालोमा समेत प्रभावकारी प्रदर्शन गर्ने कम्पनीको दाबी छ। त्यस्तै, उकालोमा गाडी रोकिएपछि पुनः सहज र सुरक्षित रूपमा अघि बढाउन हिल–होल्ड असिस्ट सुविधा पनि उपलब्ध छ।

एक चार्जमा १५० किलोमिटरसम्म

सुपर अटोमा ९ किलोवाट आवर ब्याट्री प्याक र PMSM मोटर प्रयोग गरिएको छ। यसले अधिकतम ६० एनएम टर्क प्रदान गर्छ।

कम्पनीका अनुसार गाडीले एकपटक पूर्ण चार्ज गरेपछि १५० किलोमिटरसम्मको ड्राइभिङ रेन्ज दिन सक्छ। यसको अधिकतम गति प्रतिघण्टा ५५ किलोमिटर रहेको छ।

ब्याट्रीलाई करिब ४.५ घण्टामा पूर्ण चार्ज गर्न सकिने भएकाले दैनिक व्यावसायिक प्रयोगका लागि उपयुक्त हुने कम्पनीको दाबी छ।

मूल्य ८ लाख ६४ हजार ९०० रुपैयाँ

नेपालमा मोन्ट्रा इलेक्ट्रिक सुपर अटोको मूल्य ८ लाख ६४ हजार ९०० रुपैयाँ तोकिएको छ।

कम्पनीले पेट्रोलियम इन्धनबाट चल्ने थ्री–ह्विलरको तुलनामा इलेक्ट्रिक सुपर अटो सञ्चालन गर्दा चालक तथा फ्लीट सञ्चालकको कुल स्वामित्व लागत कम हुने दाबी गरेको छ।

कम सञ्चालन खर्च, तुलनात्मक रूपमा न्यून मर्मतसम्भार खर्च र पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावबाट मुक्त हुन सक्नु इलेक्ट्रिक थ्री–ह्विलरको प्रमुख फाइदा रहेको कम्पनीको भनाइ छ।

नेपालमा पर्याप्त विद्युत् उत्पादन भइरहेका बेला विद्युतीय सवारीको प्रयोग बढाएर स्वदेशमै उत्पादित ऊर्जाको खपत बढाउन र आयातित पेट्रोलियम पदार्थमाथिको निर्भरता कम गर्न सकिने कम्पनीले जनाएको छ।

हिप्को ट्रेडिङका निर्देशक हिमांशु गोल्छाले सुपर अटोको नेपाल प्रवेशलाई आयातित इन्धनमाथिको निर्भरता तथा प्रदूषण घटाउने यात्राको सुरुवाती कदमका रूपमा व्याख्या गरे।

मोन्ट्रा इलेक्ट्रिकको मातृ कम्पनी टीआई क्लिन मोबिलिटीका अध्यक्ष अरुण मुरुगप्पनले नेपालको नवीकरणीय ऊर्जाको सम्भावना र मोन्ट्राको इलेक्ट्रिक मोबिलिटी प्रविधिबीचको सहकार्यले स्थानीय आवश्यकताअनुसार विद्युतीय यातायात विस्तारमा योगदान पुर्‍याउने बताए।

पेट्रोलबाट चल्ने तीनपांग्रे सवारीको विकल्पमा विद्युतीय मोडलप्रति आकर्षण बढिरहेका बेला १५० किलोमिटर रेन्ज र उकालो सडक लक्षित क्षमतासहित आएको सुपर अटोले नेपाली थ्री–ह्विलर बजारमा प्रतिस्पर्धा थप चर्काउने देखिएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.