बुधबार, श्रावण २७,२०८३ 04:18:31
Bizshala
  • बुधबार, श्रावण २७,२०८३ 04:18:31
Bizshala
Global IME Bank Limited

लुम्बिनी सरकारमा मसाललाई भित्र्याउने सहमति, ओली–प्रचण्ड–मोहनविक्रमबीच दुई बुँदे समझदारी

सरकार गठनदेखि विकास निर्माणसम्म सहकार्य, राष्ट्रिय स्वाधीनता र गणतन्त्रका पक्षमा संयुक्त मोर्चा

Prabhu Bank Limited
लुम्बिनी सरकारमा मसाललाई भित्र्याउने सहमति, ओली–प्रचण्ड–मोहनविक्रमबीच दुई बुँदे समझदारी
New Office

 

 

काठमाण्डौ । नेकपा एमाले, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा मसालबीच लुम्बिनी प्रदेशको सत्ता समीकरणलाई लिएर दुई बुँदे सहमति भएको छ। सहमतिसँगै मसाल निकट राष्ट्रिय जनमोर्चालाई लुम्बिनी प्रदेश सरकारमा सहभागी गराउने बाटो खुलेको छ।

बुधबार एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्।

तीन दलबीच भएको सहमतिको पहिलो बुँदामा लुम्बिनी प्रदेश सरकार गठन तथा प्रदेशको विकास निर्माणका काममा सहकार्य गर्ने उल्लेख छ।

लुम्बिनी प्रदेशसभामा नेकपा मसाल निकट राष्ट्रिय जनमोर्चाका एक सांसद छन्। पछिल्लो सत्ता समीकरणमा सरकारलाई बहुमत पुर्‍याउन थप सांसदको समर्थन आवश्यक देखिएका बेला मसालसँग भएको यो सहमति राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

दोस्रो बुँदामा राष्ट्रिय स्वाधीनता, संविधान र गणतन्त्रको पक्षमा तथा प्रतिगमनविरुद्धको आन्दोलनमा तीन दलबीच सहकार्य गर्ने उल्लेख गरिएको छ।

यसअघि एमाले र नेकपाबीच गत साउन ९ गते प्रदेश सरकारहरूमा सत्ता सहकार्य गर्ने सहमति भएको थियो। उक्त सहमतिपछि विभिन्न प्रदेशमा सत्ता समीकरण परिवर्तन गर्ने प्रक्रिया अघि बढिरहेको छ।

लुम्बिनीमा एमालेले मुख्यमन्त्री चेतनारायण आचार्यलाई नै निरन्तरता दिने तयारी गरेको छ। प्रदेशसभामा बहुमत सुनिश्चित गर्न थप दलको समर्थन आवश्यक परिरहेका बेला मसालसँग भएको दुई बुँदे सहमतिले सरकारलाई आवश्यक अंकगणित जुटाउन सहज बनाउने देखिएको छ।

यससँगै लुम्बिनीको सत्ता समीकरणमा राष्ट्रिय जनमोर्चाको एक सांसद निर्णायक भूमिकामा देखिने सम्भावना बढेको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.