बिहीबार, श्रावण २८,२०८३ 03:17:48
Bizshala
  • बिहीबार, श्रावण २८,२०८३ 03:17:48
Bizshala
Global IME Bank Limited

तनहुँवासीको गुन र ऋण कहिल्यै बिर्सन्न : अर्थमन्त्री वाग्ले

Prabhu Bank Limited
तनहुँवासीको गुन र ऋण कहिल्यै बिर्सन्न : अर्थमन्त्री वाग्ले
New Office

काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तनहुँवासीले दुई पटक प्रतिनिधिसभा सदस्यमा विजयी गराएको गुन र ऋण आफूले कहिल्यै नबिर्सने बताएका छन्।

बिहीबार तनहुँको व्यास नगरपालिका–१० दुम्सीमा मतदातासँगको भेटघाटका क्रममा अर्थमन्त्री वाग्लेले आफू जनताप्रति जिम्मेवार रहेको बताएका हुन्।

उनले सीमित स्रोतसाधनका बीच पनि जनताको आधारभूत आवश्यकता पूरा गर्न सरकार प्रतिबद्ध भएर काम गरिरहेको उल्लेख गरे।

“बजेटका सीमा छन्, रकम थोरै छ, तर जनताका अपेक्षा धेरै छन्,” अर्थमन्त्री वाग्लेले भने, “जहाँ पुगे पनि खानेपानी, सडक, विद्यालय, स्वास्थ्यचौकी, तटबन्ध र खेलमैदानका माग आउँछन्। सरकारले सक्दो रूपमा ती माग सम्बोधन गर्ने प्रयास गरिरहेको छ।”

उनले विकासका आवश्यकता धेरै भए पनि उपलब्ध स्रोतलाई प्राथमिकताका आधारमा परिचालन गर्दै जनताको अपेक्षा पूरा गर्ने दिशामा सरकार क्रियाशील रहेको बताए।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.