काठमाण्डौ । होटल फरेष्ट इनले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरणअनुसार कम्पनी २४ करोड ४५ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म पनि कम्पनी १७ करोड १९ लाख रुपैयाँ घाटामा थियो ।
आम्दानी बढेतापनि खर्च नियन्त्रण हुन नसक्दा कम्पनीको घाटा चुलिएको हो । कम्पनीले उक्त अवधिसम्म १९ करोड ६३ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १३ करोड ६३ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो ।
कम्पनीको कुल खर्च ३० करोड ८३ लाखबाट बढेर ४४ करोड ९ लाख पुगेको छ । २ अर्ब रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको रिटेन्ड अर्निङ ४८ करोड ४० लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १२.२३ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १०७.२८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२०.१३ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५२.६६ गुणा र तरलता अनुपात १.८६ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।