सोमबार, कार्तिक ३०,२०८३ 11:33:20
  • सोमबार, कार्तिक ३०,२०८३ 11:33:20
Global IME Bank Limited

म्याक्स टाइगरको ‘दसैँ धमाका’मा प्रदीपलाई प्रोटोन कार उपहार, २८ जनाले जिते मोटरसाइकल र स्कुटर

Bizshala
म्याक्स टाइगरको ‘दसैँ धमाका’मा प्रदीपलाई प्रोटोन कार उपहार, २८ जनाले जिते मोटरसाइकल र स्कुटर
New Office

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत नुवाकोटको ककनीका प्रदीप लामाले बम्पर पुरस्कारस्वरूप प्रोटोन कार जितेका छन्।

कम्पनीले सञ्चालन गरेको यस अभियानअन्तर्गत देशका विभिन्न स्थानका अन्य २८ जना उपभोक्ताले मोटरसाइकल र स्कुटर जितेका छन्। हालसम्म १६ जनाले मोटरसाइकल र १२ जनाले स्कुटर प्राप्त गरिसकेको कम्पनीले जनाएको छ।

बम्पर पुरस्कार विजेता लामाले एउटा क्यानबाटै कार जित्न सकिने कल्पनासमेत नगरेको बताएका छन्।

‘एउटा क्यानबाटै यति ठूलो पुरस्कार जितिएला भन्ने कल्पनासमेत गरेको थिइनँ। कार जितेको खबर सुन्दा सुरुमा त विश्वास नै लागेन। यो मेरो मात्र होइन, मेरो परिवारका लागि पनि निकै खुसीको क्षण हो। म्याक्स टाइगरलाई धेरै धन्यवाद दिन चाहन्छु,’ लामाले खुसी व्यक्त गर्दै भने।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अभियानअन्तर्गत मोटरसाइकल जित्नेहरूमा विराटनगरका समुद्र पोखरेल, बिर्तामोडका तेजनारायण सिंह, जनकपुरका कुटाल्या कुमार सिंह, बर्दिबासका केशव दाहाल, लालबन्दीका गणेश थापा र लहानका रुपेश महतो रहेका छन्।

त्यसैगरी, बुटवलका रिधम गुरुङ, दाङका राजेन्द्र शर्मा र लीलाधर भण्डारी, धनगढीका मोहन श्रेष्ठ, काठमाडौंका विनोद ढुंगेल र सुमन कर्माचार्य, बनेपाका राजकुमार तामाङ, धादिङका सञ्जोग रिमाल, काभ्रेका सोमबहादुर दुलाल तथा वीरगञ्जका रमेश बस्नेतले पनि मोटरसाइकल जितेका छन्।

यस्तै, स्कुटर जित्ने उपभोक्ताहरूमा धरानका अनोजकुमार अधिकारी, भैरहवाका दिनेश यादव, बुटवलका नरबहादुर गाद, चितवनका गोकर्ण काप्री, पोखराका नोडराज रेग्मी र अनिशा मिजार रहेका छन्।

Garima Development Bank
Bizshala
IME remit

सुर्खेतका किशोरजंग शाह र झक्कड थापामगर, नेपालगञ्जका लक्ष्मण केसी, धनगढीका अजयकुमार गुप्ता, हेटौँडाकी सुनिता मगराती तथा सिमराका सुधीरकुमार यादवले पनि स्कुटर जितेका छन्।

कम्पनीले ‘दसैँ धमाका २०२६’ अभियानअन्तर्गत कुल १८ वटा मोटरसाइकल, १८ वटा स्कुटर र एउटा प्रोटोन कार पुरस्कारका रूपमा राखेको थियो।

तीमध्ये हालसम्म १६ वटा मोटरसाइकल र १२ वटा स्कुटर वितरण भइसकेका छन्। अब थप आठ जना उपभोक्ताले मोटरसाइकल तथा स्कुटर जित्ने अवसर बाँकी रहेको कम्पनीले जनाएको छ।

म्याक्स टाइगरका अनुसार उपभोक्तालाई मनोरञ्जनसँगै आकर्षक पुरस्कार जित्ने अवसर प्रदान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको हो। कम्पनीले अझै पनि एउटा क्यानबाटै पुरस्कार जित्ने अवसर बाँकी रहेकाले उपभोक्तालाई अभियानमा सहभागी हुन आग्रह गरेको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.