Bizshala
  • बिहीबार, भाद्र २५,२०८३ 03:10:46
Bizshala
Global IME Bank Limited

एनआईसी एशिया बैंकको कमब्याक, प्रोभिजनिङ घट्दा १८ करोड नाफामा

एनआईसी एशिया बैंकको कमब्याक, प्रोभिजनिङ घट्दा १८ करोड नाफामा
New Office

काठमाण्डौ । विगतमा ठूलो सञ्चित घाटा र खराब कर्जाको दबाबमा परेको एनआईसी एशिया बैंकले पछिल्लो समय नाफा कायम गर्न सफल भएको छ ।

गत आर्थिक वर्ष २०८२–८३ मा बैंकले १८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्ष २०८१–८२ मा भने बैंकले ३ अर्ब ८७ करोड २० लाख रुपैयाँ घाटा ब्यहोरेको थियो ।  

सो अवधिसम्म बैंकको कमिसन आम्दानीमा आएको सुधारसँगै इम्पेयरमेन्ट चार्ज अर्थात् प्रोभिजनिङ गर्नुपर्ने रकम घटेकाले नाफा वृद्धिमा टेवा पुगेको हो ।  

बैंकको कमिसन आम्दानी १७.४२ प्रतिशत बढेर १ अर्ब ४२ करोड १६ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, प्रोभिजनिङ रकम ६९.९६ प्रतिशत घटेर २ अर्ब ९१ करोड ७६ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवमा बैंकको यस्तो रकम ९ अर्ब ७१ करोड ३८ लाख रुपैयाँ थियो ।  

बैंकको खुद ब्याज आम्दानीमा भने सामान्य संकुचन देखिएको छ । अघिल्लो आवमा १० अर्ब १३ करोड रुपैयाँ ब्याज आम्दानी गरेको यो बैंकले गत आवमा ७ अर्ब ८४ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ ।  

त्यस्तै, बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) २५.९६ रुपैयाँ ऋणात्मक भएकोमा सुधार भई १.२२ रुपैयाँ धनात्मक भएको छ । यता प्रतिसेयर नेटवर्थ १७२.३२ रुपैयाँ, तरलता अनुपात ४७.८२ प्रीतशत, मूल्य आम्दानी अनुपात २६६.९० गुणा र कुल सम्पत्तिमा प्रतिफल ०.०५ प्रतिशत रहेको छ ।  

बैंकको खराब कर्जा अनुपात भने सामान्य बढेर ९.२६ प्रतिशत पुगेको छ । पूँजीकोष अनुपात ११.१० प्रतिशत, कस्ट अफ फण्ड ४.०२ प्रतिशत, सीडी रेसियो ६१.०७ प्रतिशत, बेस रेट ५.८३ प्रतिशत, स्प्रेड दर ३.५० प्रतिशत र आरओई ०.७१ प्रतिशत रहेको छ ।  

सो अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा भने १४ अर्ब ८६ करोड ५० लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ ।  

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

1 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...
b

b***

Sip haru kina ghateko xata bank nafa ma vaye

24 दिन अगाडी
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.