काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) आज कोशी प्रदेश सरकारमा सहभागी हुने तयारीमा छ। नेकपा एमाले र नेकपाबीच साउन पहिलो साता भएको तीनबुँदे सहमतिअनुसार नेकपा सरकारमा प्रवेश गर्न लागेको हो।
नौ मन्त्रालय रहेको कोशी प्रदेश सरकारमा नेकपाबाट चार जना मन्त्री सहभागी हुनेछन्। मुख्यमन्त्रीसहित पाँच मन्त्रालयको नेतृत्व भने नेकपा एमालेले गर्नेछ।
नेकपाभित्र मन्त्री बन्न चाहने आकांक्षी धेरै भएपछि सरकारमा पठाइने नाम टुंग्याउन पार्टीका नेताहरू छलफलमा जुटेका छन्। नेकपा संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोका अनुसार आजै मन्त्रीहरूको नाम टुंगो लगाएर सरकारमा पठाइनेछ।
नेकपाले मन्त्रीको नाम अन्तिम रूप दिएपछि आज दिउँसो ३ बजेपछि शपथ ग्रहण कार्यक्रम गर्ने तयारी गरिएको छ।
एमाले र नेकपाबीच भएको राजनीतिक सहमतिपछि कोशी प्रदेश सरकारको शक्ति सन्तुलनमा समेत नयाँ समीकरण बन्ने देखिएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।