शुक्रबार, श्रावण २९,२०८३ 08:52:25
Bizshala
  • शुक्रबार, श्रावण २९,२०८३ 08:52:25
Bizshala
Global IME Bank Limited

मिथिला लघुवित्तको मुनाफा ४१% ले बढ्यो, ब्याज आम्दानी र रिजर्भ पनि वृद्धि

Prabhu Bank Limited
मिथिला लघुवित्तको मुनाफा ४१% ले बढ्यो, ब्याज आम्दानी र रिजर्भ पनि वृद्धि
New Office

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा ४१.५१ प्रतिशतको वृद्धि भएको छ । संस्थाले चालु आवको तेस्रो त्रैमाससम्ममा ३ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोहि अवधिमा भने संस्थाले २ करोठ १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा पनि वृद्धि भएको छ । संस्थाले अघिल्लो आवको तुलनामा खुद ब्याज आम्दानी ३१.५३ प्रतिशतले बढाएको छ । संस्थाले ९ करोड ६५ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ।  

समीक्षा अवधिसम्म संस्थाले ३ करोड ५३ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । संस्थाको कर्मचारी खर्च ४ करोड ६९ लाख र अन्य सञ्चालन खर्च २ करोड ४२ लाख रुपैयाँ रहेको छ ।  

संस्थाको रिजर्भको आकार ३.२५ प्रतिशतले बढेर १३ करोड ६० लाख रुपैयाँ पुगेको छ । संस्थाको निक्षेप संलकन ९७ करोड ९५ लाख र कर्जा प्रवाह २ अर्ब ६२ करोड रुपैयाँ रहेको छ ।  

CG Motors

संस्थाको खराब कर्जा अनुपातमा कमी आएको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म ४.९४ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.९० प्रतिशतमा सीमित बनेको छ । संस्थाले सम्भावित घाटाका लागि १ करोड ६१ लाख रुपैयाँ प्रोभिजनको व्यवस्था गरेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २०.४४ रुपैयाँ,प्रतिसयर नेटवर्थ १६९.४१ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ५५२.५४ रुपैयाँ,मूल्य आम्दानी अनुपात ४८.९१ गुणा र तरलता अनुपात ९.८१ प्रतिशत रहेको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X