Bizshala
  • शुक्रबार, भाद्र २६,२०८३ 06:39:56
Bizshala
Global IME Bank Limited

नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक कार्कीले गरे पदबहाली

नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक कार्कीले गरे पदबहाली
New Office

काठमाण्डौ । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन् । पदबहालीका क्रममा कार्यकारी निर्देशक कार्कीले कोषको सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउँदै संस्थाले गर्दै आएका कामलाई अझ चुस्त, पारदर्शी र परिणाममुखी रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

उनले कोषमा रहेको ठूलो रकमलाई सरकारका प्राथमिकतामा रहेका परियोजना तथा उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउनुपर्नेमा जोड दिए। त्यसका लागि कोषले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने उहाँको भनाइ थियो।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कार्यकारी निर्देशक कार्कीले यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेकाले कोषको कार्यप्रणाली र गतिविधिबारे आफू जानकार रहेको बताए। आफ्नो अनुभवलाई उपयोग गर्दै आगामी दिनमा कोषलाई थप प्रभावकारी रूपमा अघि बढाउन आफू प्रतिबद्ध रहेको उनले उल्लेख गरे।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गते बसेको बैठकले कार्कीलाई नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.