सोमबार, भाद्र ८,२०८३ 07:16:18
Bizshala
  • सोमबार, भाद्र ८,२०८३ 07:16:18
Bizshala
Global IME Bank Limited

नेपाली स्टार्टअप nchat ले ल्यायो AI Builder, कोडिङबिना आफ्नै App बनाउन सकिने

नेपाली स्टार्टअप nchat ले ल्यायो AI Builder, कोडिङबिना आफ्नै App बनाउन सकिने
New Office

काठमाण्डौ । नेपाली प्रविधि कम्पनी nchat लेप्रयोगकर्तालाई कोडिङ तथाप्राविधिक ज्ञानबिना आफ्नै डिजिटलएप तथा mini app निर्माणगर्न सक्ने AI Builder सुविधाअघि सारेको छ।

nchat का अनुसार AI Builder मार्फत व्यवसाय, विद्यार्थी, startup तथा विभिन्न संस्थाले आफ्नो आवश्यकताअनुसार digital solution निर्माण गर्न सक्नेछन्। यसको उद्देश्य सामान्य प्रयोगकर्तालाई पनि आफ्नो idea लाई digital product मा रूपान्तरण गर्न सहज बनाउनु हो।

nchat को platform मा रहेको Builder मार्फत business app, school system, restaurant system, community platform, internal company tools तथा startup MVP जस्ता solution निर्माण गर्न सकिने कम्पनीले जनाएको छ।

Bizshala
CG Motors

कम्पनीले यसलाई विशेषगरी नेपालका साना तथा मझौला व्यवसाय (SMEs), विद्यार्थी, entrepreneurs र creators का लागि उपयोगी हुने अपेक्षा गरेको छ। सामान्यतया एउटा app वा website बनाउन developer, technical knowledge र अतिरिक्त लागत आवश्यक पर्ने भए पनि AI तथा no-code technology को प्रयोगबाट उक्त प्रक्रिया सरल बनाउने nChat को लक्ष्य छ।

nchat ले AI Builder लाई केवल व्यवसायिक प्रयोगमा सीमित नराखी विद्यार्थी तथा युवालाई आफ्नै समुदायमा देखिएका समस्याको digital solution बनाउन प्रयोग गर्ने अवधारणा पनि अघि सारेको छ।

यसले विद्यार्थीलाई केवल technology प्रयोगकर्तानभई “problem solver” र “builder” का रूपमा विकास गर्न सहयोग गर्ने कम्पनीको लक्ष्य छ।

nchat अहिले messaging, voice/video calling, communities, mini apps लगायतका digital services लाईएउटै ecosystem मा जोड्ने उद्देश्यसहित अघि बढिरहेको छ।

कम्पनीको official website अनुसार nchat को Builder मा “No code” approach मार्फत app निर्माण गर्ने सुविधा उपलब्ध छ र platform ले app निर्माणलाई करिब १०मिनेटभित्र सुरु गर्न सकिने बताएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.