शनिबार, फाल्गुन १०,२०८१ 09:16:27
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:16:27
IME remit
Global IME Bank Limited

कुनै बेलाको ब्लूचिप एचडीएलले कहाँबाट लिनसक्छ यूटर्न ? कति–कतिमा छ बलियो सपोर्ट ?

Hyundai Nepal
कुनै बेलाको ब्लूचिप एचडीएलले कहाँबाट लिनसक्छ यूटर्न ? कति–कतिमा छ बलियो सपोर्ट ?
Nabil Bank Limited

काठमाण्डौ । वीरगन्जमा मुख्य कार्यालय रहेको हिमालयन डिस्टिलरी(एचडीएल) नेप्सेमा सूचीकृत एकमात्रै मदिरा उत्पादक कम्पनी हो । नेप्सेमा यो कम्पनीलाई उत्पादन तथा प्रशोधन समूहमा सूचीकृत छ ।  सन् १९८५ को जुलाई २४ मा प्राइभेट कम्पनीका रुपमा स्थापित यो कम्पनी ११ मार्च २००० मा पब्लिक कम्पनीमा परिणत भएको थियो ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी २ अर्ब ६७ करोड २५ लाख रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषमा ५२ करोड ८२ लाख ६१ हजार रुपैयाँ रहेको छ ।  

यस्तै कम्पनीको कुल पूँजी ३ अर्ब २० करोड रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालन मुनाफा २ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको तुलनामा ४६.५१ प्रतिशतले कम हो । कम्पनीको खुद मुनाफा २१ करोड ४ लाख १६ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको तुलनामा ६३.५ प्रतिशतले कम हो ।  

कम्पनीको प्रतिसेयर आम्दानी १०.५ प्रतिशत रहेको छ । यो पनि अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ६७ प्रतिशतले कम हो । कम्पनीको बुक भ्यालु ११९.७७ रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी ८.७७ प्रतिशत छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ६२.७७ प्रतिशत कमि हो ।  

प्राविधिक पक्षः

फिवोनासी को आधारमा  

फिवोनासी एक्सटेन्सन एउटा यस्तो टुल हो, जसले एकपटक बढेपछि बजार घट्दा कतिसम्म तल आउन सक्छ र कति–कतिमा टेवा लिन्छ भन्ने विषय अनुपातका आधारमा संकेत गर्छ । बढ्दा पनि कति–कति प्रतिशतमा प्रतिरोध गरेको हुन्छ भन्ने यी अनुपातबाट अनुमान लगाउन सकिन्छ । यस्ता अनुपातलाई फिवोनासी गोल्डेन अनुपातहरु पनि भनिन्छ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

ती अनुपातहरु २३.६, ३८.२, ५०, ६१.८ र १०० प्रतिशत हुन् । यो सिद्धान्तअनुसार हाल घटिरहेको यो कम्पनीको सेयरभाउ  ०.२३ को टेवा २२७६ , ०.३८ को टेवा १९३८ तथा ०.५ को टेवा १६३५ र ०.६१ को टेवा १२६० सम्म कम्पनीको सेयर भाउ आउन सक्ने देखिन्छ ।  

फिएर एण्ड ग्रिड मिटरको आधारमा  

फिएर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल वियरिस सेन्टिमेन्टमा चलेको छ । कम्पनीको ५२ साताको उच्च मूल्य प्रतिकित्ता २ हजार ४३८ रुपैयाँ रहको छ भने न्यून मूल्य प्रतिकित्ता १ हजार ३३५ रुपैयाँ रहेको छ । आज दोस्रो बजारमा यो कम्पनीको सेयर भाउ प्रतिकित्ता १ हजार ३३५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस कम्पनीमा ५८ प्रतिशत संस्थापक र ४२ प्रतिशत सर्वसाधारण समूहको सेयर स्वामित्व रहेको छ । कम्पनीको १० वर्षको औषत लाभांश दर ५३ प्रतिशत रहेको छ ।  

बोलिङगर ब्याण्ड , म्याक्डी  र आरएसआई  

डेली बेसमा यो कम्पनी बोलिङगर ब्याण्डको आधारमा लामो समय तल्लो ब्याण्डमा चलेको देखिन्छ । पछिल्लो समय लोवर ब्याण्डलाई पनि ब्रेक गरेर तल गएको छ । यसले यो कम्पनीमा बिक्री दबाव परेको मान्न सकिन्छ । योसँगै उच्च भोल्युम पनि आएको छ । म्याक्डीमा वियरिस क्रसओभर बनेको छ भने हिस्टोग्रामहरु लामा–लामा हुँदै गएका छन् । आरएसआई हाल ओभर सोल्ड जोन २१ को तहमा रहेको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा कम्पनीको सेयर भाउमा अत्यधिक बिक्री दबाव आएको कारण अबको केही समय पछि बाउन्स आउन पनि सक्छ ।  

पिभट विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –१५०९

प्रतिरोध २ –१५४९

प्रतिरोध १– १५८०

पिभट प्वइन्टः १४८०

घटेमा सपोर्ट  

सपोर्ट ३– १३७०

सपोर्ट ४– १३३०

सपोर्ट  ५ –१२९०

कम्पनीकोे सेयरमूल्यले यसअघि नै सपोर्ट १,२, र ३ भत्काई सकेको छ ।  

निष्कर्षः आधारभुत रुपमा कम्पनीलाई नियाल्दा पछिल्लो वर्षमा आर्थिक सूचकहरु भारी मात्रामा घटेको देखिन्छ । कम्पनीको सञ्चालन मूनाफा, रिर्टन अन इक्विटी र प्रतिसेयर आम्दानी घटेको देखिन्छ । खुद मुनाफामा पनि गिरावट आएको छ । कम्पनीका अधिकांश वित्तीय सूचकहरुमा ६० प्रतिशत भन्दा बढीले गिरावट आएको छ । तीन वर्ष अगाडी दोस्रो बजारमा यो कम्पनीको सेयर भाउ ८ हजार रुपैयाँसम्म पुगेको थियो ।  

तर कम्पनीको पूँजी बढ्दै जाँदा रिर्टन अन इक्विटी र सञ्चालन मुनाफामा भारी गिरावट आउनुका साथै कम्पनीको सेयर भाउमा समेत भारी गिरावट आएको छ । कुनै बेलाको ब्लु चिप मानिने यो कम्पनी लगानीकर्ताहरुमा निकै आकर्षक मानिन्थ्यो  । कम्पनीको सेयर भाउमा यसरी भारी गिरावट आउनुको मुख्य कारण कम्पनीको प्रतिसेयर आम्दानीमा भारी गिरावट आउनु हो । २०७६ सालमा यो कम्पनीको प्रतिसेयर आम्दानी १३९ रुपैयाँ  र बुक भ्यालु २५६ रुपैयाँ रहेको थियो ।  

तर हाल कम्पनीको बुक भ्यालु नै ११९ रुपैयाँमा आएको छ भने प्रति सेयर आम्दानी १० रुपैयाँमा सीमित भएको छ । प्राविधिक रुपमा कम्पनीको सेयर भाउ भने करिब–करिब बलियो सपोर्ट विन्दुमा आएको देखिन्छ । फिवोनासीमार्फत हेर्दा कम्पनीको सेयर भाउले ०.६१ प्रतिशतको सपोर्ट विन्दु १२६० आसपास बलियो सपोर्ट लिन सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन । 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.