आईतवार, कार्तिक १,२०८३ 09:49:05
  • आईतवार, कार्तिक १,२०८३ 09:49:05
Global IME Bank Limited

निजी क्षेत्रलाई विश्वास गरेर अघि बढ्नुपर्छ : नाडा अध्यक्ष उप्रेती

Bizshala
निजी क्षेत्रलाई विश्वास गरेर अघि बढ्नुपर्छ : नाडा अध्यक्ष उप्रेती
New Office

काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले नेपालको पूर्वाधार विकास अपेक्षाअनुसार अघि बढ्न नसकेको बताएका छन्। उनले काठमाडौंमा ठूलो क्षमताको सभा हल निर्माण गर्नुपर्ने आवश्यकता औँल्याउँदै निजी क्षेत्रलाई विश्वास गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन्।

नाडाको स्वर्ण जयन्तीका अवसरमा आयोजित ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ लाई सम्बोधन गर्दै अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई विलासिताका वस्तुसँग मात्र जोडेर हेर्न नहुने बताए।

उनका अनुसार अटोमोबाइल क्षेत्रले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा ठूलो संख्यामा रोजगारी सिर्जना गर्नुका साथै राज्यलाई उल्लेख्य राजस्वसमेत योगदान गर्दै आएको छ। यस क्षेत्रले आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको उनको भनाइ थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई देशको अर्थतन्त्रमा योगदान पुर्‍याउने महत्वपूर्ण क्षेत्रका रूपमा बुझ्न आवश्यक रहेको बताए। निजी क्षेत्रमाथि विश्वासको वातावरण निर्माण गर्दै लगानी र व्यवसाय विस्तारका लागि सहज नीति तथा वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

देशको आर्थिक गतिविधिलाई थप गति दिन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उप्रेतीले निजी क्षेत्रलाई विश्वासमा लिएर अघि बढ्न सके आर्थिक विकासले थप गति लिने धारणा व्यक्त गरे।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.