सोमबार, कार्तिक २,२०८३ 12:18:03
  • सोमबार, कार्तिक २,२०८३ 12:18:03
Global IME Bank Limited

अटो शोले मुलुकभित्र उद्यमशीलता विस्तार गर्ने उपराष्ट्रपतिको भनाइ

Bizshala
अटो शोले मुलुकभित्र उद्यमशीलता विस्तार गर्ने उपराष्ट्रपतिको भनाइ
New Office

काठमाण्डौ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालभित्रै उद्यमशीलता प्रवर्द्धन गर्न तथा अटोमोबाइल क्षेत्रलाई थप गतिशील बनाउन नाडा अटो शो २०२६ महत्वपूर्ण हुने बताएका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले मंगलबारदेखि आयोजना गरेको नाडा अटो शो २०२६ को उद्घाटन गर्दै उपराष्ट्रपति यादवले अटो क्षेत्रलाई केवल सवारी साधनको कारोबारमा सीमित नराखी उद्यम, रोजगारी र प्रविधिसँग जोडेर अघि बढाउनुपर्ने बताए।

उनले पेट्रोलियम पदार्थको आयातमा रहेको उच्च निर्भरता कम गर्दै विद्युतीय सवारी साधनको प्रयोगलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए। पेट्रोल र डिजेलको आयात घटाउन सकिए त्यसले मुलुकको व्यापार घाटा न्यूनीकरणमा समेत योगदान पुग्ने उनको भनाइ थियो।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपालमा विद्युत् उत्पादन बढ्दै गएको सन्दर्भमा विद्युतीय सवारी साधनको प्रयोग विस्तारले स्वदेशी ऊर्जाको खपत बढाउने र बाह्य मुलुकबाट आयात हुने इन्धनमा खर्च हुने ठूलो रकम बचत गर्न सहयोग पुग्ने उपराष्ट्रपति यादवले उल्लेख गरे।

उनले अटोमोबाइल क्षेत्रको दिगो विकासका लागि नीतिगत स्थायित्व, आवश्यक पूर्वाधार निर्माण र निजी क्षेत्रमैत्री वातावरण अपरिहार्य रहेको बताए। यसका लागि सरकार र निजी क्षेत्रबीच प्रभावकारी सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

उपराष्ट्रपति यादवले नाडा अटो शोले नयाँ प्रविधि, विद्युतीय सवारी तथा अटोमोबाइल क्षेत्रमा भइरहेका नवीनतम विकासबारे उपभोक्ता र व्यवसायीलाई जानकारी गराउनुका साथै मुलुकभित्र उद्यमशीलता विस्तारमा समेत सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गरे।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.