बुधबार, भाद्र १०,२०८३ 11:31:06
Bizshala
  • बुधबार, भाद्र १०,२०८३ 11:31:06
Bizshala
Global IME Bank Limited

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ

नामी भिगो ई२ को विशेष अफर समाप्त, अब एमआरपीमै बुकिङ
New Office

काठमाण्डौ । नेपाली बजारमा सार्वजनिक भएको छोटो समयमै उच्च माग र उत्साहजनक प्रतिक्रिया पाएको नामी भिगो ई२ को रु. २ लाखको विशेष अफर समाप्त भएको छ। एमएडब्लू वृद्धि मोटर्सले अब भिगो ई२ को बुकिङ कम्पनीले घोषणा गरेको एमआरपी रु. ३७ लाख ९९ हजारमा निरन्तर रहने जनाएको छ।

गत बुधबार नेपाली बजारमा सार्वजनिक गरिएको भिगो ई२ ले आधुनिक डिजाइन, आकर्षक फिचर, प्रिमियम अनुभव तथा प्रतिस्पर्धी मूल्यका कारण उपभोक्तामाझ उल्लेख्य आकर्षण सिर्जना गरेको कम्पनीको दाबी छ।

यसअघि नेपाली बजारमा उपलब्ध नामी ई२ प्लसमा रहेका लोकप्रिय फिचरलाई निरन्तरता दिँदै थप परिष्कृत गरिएको भिगो ई२ मा मुनरुफ हटाइएको छ। नयाँ मोडल सार्वजनिक भएसँगै यसको बुकिङमा उल्लेख्य चाप परेको कम्पनीले जनाएको छ।

सीमित अवधिका लागि घोषणा गरिएको रु. २ लाखको विशेष अफरका कारण समेत भिगो ई२ प्रति ग्राहकको आकर्षण बढेको कम्पनीको भनाइ छ। चाडपर्व अवधिमा बिक्री गर्न सकिने अनुमानित संख्याभन्दा बढी बुकिङ सार्वजनिक भएको ६ दिनमै प्राप्त भएपछि विशेष अफर समाप्त गरिएको कम्पनीले जनाएको छ।

Bizshala
CG Motors

एमएडब्लू वृद्धि मोटर्सका सीईओ प्रसन्न पन्तले उच्च मागका कारण विशेष अफर समयअगावै समाप्त गर्नुपरेको बताए।

उनले भने, ‘सीमित अवधिका लागि घोषणा गरिएको विशेष अफरलाई उच्च मागका कारण नाडा अटो शो २०२६ को पहिलो दिनमै समाप्त गर्नुपर्यो।’

पन्तले नेपाली उपभोक्ताले देखाएको विश्वास र मायाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि ग्राहकको आवश्यकता र अपेक्षाअनुसार नयाँ तथा थप प्रतिस्पर्धी उत्पादन उपलब्ध गराउँदै जाने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीका अनुसार भिगो ई२ प्रति सार्वजनिक भएको केही दिनमै प्राप्त भएको उच्च बुकिङले नेपाली बजारमा विद्युतीय एसयूभीप्रतिको बढ्दो आकर्षणसमेत देखाएको छ।

एमएडब्लू वृद्धि मोटर्सले भिगो ई२ प्रति नेपाली उपभोक्ताले देखाएको माया, विश्वास र उत्साहका लागि ग्राहकहरूलाई धन्यवाद दिँदै अब रु। ३७ लाख ९९ हजारको एमआरपीमा बुकिङ खुला रहने जनाएको छ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.