बिहीबार, भाद्र ११,२०८३ 01:15:29
Bizshala
  • बिहीबार, भाद्र ११,२०८३ 01:15:29
Bizshala
Global IME Bank Limited

बाढीपछि नुवाकोटमा वैकल्पिक लाइनमार्फत बिजुली फर्काइयो

बाढीपछि नुवाकोटमा वैकल्पिक लाइनमार्फत बिजुली फर्काइयो
New Office

काठमाण्डौ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण विद्युत् आपूर्ति अवरुद्ध भएका नुवाकोटका विभिन्न क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणले वैकल्पिक प्रसारण लाइनमार्फत बिजुली उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

बाढीले नियमित प्रसारण संरचनामा क्षति पुर्‍याएपछि प्राधिकरणले सिन्धुपाल्चोकतर्फको वैकल्पिक लाइन प्रयोग गरी खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु, पञ्चकन्या र विदुरलगायतका क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापना गर्न थालेको हो।

प्राधिकरणका प्रवक्ता राजन ढकालका अनुसार प्रभावित क्षेत्रमा नियमित प्रणाली तत्काल सञ्चालन गर्न कठिन भएपछि उपलब्ध वैकल्पिक स्रोत र प्रसारण संरचना प्रयोग गरिएको छ।

Bizshala
CG Motors

प्राधिकरणले चपली सबस्टेसनबाट चपली–देवीघाट ६६ केभी लाइन तथा ११ केभीमार्फत लाइन चार्ज गर्ने काम अघि बढाएको छ। त्यसैगरी बालाजु–त्रिशूली ६६ केभी लाइनलाई पनि ११ केभी प्रणालीबाट चार्ज गरी विद्युत् आपूर्ति सञ्चालन गर्ने तयारी भइरहेको छ।

आवश्यक प्राविधिक काम पूरा गरेर यी लाइनबाट पनि यथाशीघ्र विद्युत् सेवा सञ्चालनमा ल्याउने तयारी भइरहेको प्राधिकरणले जनाएको छ। सम्भव भएसम्म बिहीबार साँझसम्म थप प्रभावित क्षेत्रमा विद्युत् सेवा सुचारु गर्ने लक्ष्य राखिएको छ।

त्रिशूली क्षेत्रका केही स्थानमा भने धादिङको सल्यानटार सबस्टेसनमार्फत विद्युत् आपूर्ति गर्ने वैकल्पिक व्यवस्था मिलाइएको छ।

बाढीबाट प्रसारण लाइन, सबस्टेसन तथा अन्य विद्युत् संरचनामा क्षति पुगेपछि नुवाकोटका विभिन्न क्षेत्रमा नियमित आपूर्ति अवरुद्ध भएको थियो। त्यसपछि प्राधिकरणले एउटा लाइन पुनःनिर्माणको प्रतीक्षा नगरी अन्य उपलब्ध नेटवर्कमार्फत विद्युत् पुर्‍याउने रणनीति अपनाएको हो।

विद्युत् सेवा छिटो नियमित गर्न काठमाडौं तथा आसपासका क्षेत्रबाट दक्ष प्राविधिक, उपकरण र आवश्यक स्रोतसाधनसहितका टोली नुवाकोट पठाइएको छ। टोलीले क्षतिग्रस्त संरचनाको निरीक्षण, मर्मत र वैकल्पिक आपूर्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अघि बढाइरहेको प्राधिकरणले जनाएको छ।

यसअघि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा सम्पर्कविहीन तथा रोकिएका कर्मचारीको उद्धारसँगै विद्युत् सेवा तत्काल पुनःस्थापना गर्न उपलब्ध सबै विकल्प प्रयोग गरी काम तीव्र बनाउन निर्देशन दिएका थिए।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.