काठमाण्डौ । जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेजीआई) ले देशका विभिन्न क्षेत्रमा हालै आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग गरेको छ।
प्राकृतिक विपद्का कारण प्रभावित समुदायलाई राहत तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम हस्तान्तरण गरिएको हो। जेजीआईको यो सहयोगले संस्थाको कर्पोरेट सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धता तथा विपद्का समयमा प्रभावित समुदायसँग ऐक्यबद्धता जनाउने निरन्तर प्रयासलाई प्रतिबिम्बित गरेको छ।
बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता व्यक्त गर्दै जे।जी।आई।ले विपद्का कारण ज्यान गुमाएका व्यक्तिका परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ। साथै, विपद्का कारण कठिन परिस्थितिको सामना गरिरहेका सम्पूर्ण व्यक्ति, परिवार तथा समुदायप्रति हार्दिक सहानुभूति व्यक्त गरेको छ।
जेजीआईले विपद्का समयमा प्रभावित नागरिकको साथमा उभिँदै राहत, पुनर्स्थापना तथा पुनर्निर्माणका लागि आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।