मंगलवार, आश्विन १३,२०८३ 05:58:26
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 05:58:26
Bizshala
Global IME Bank Limited

एनएमबी लघुवित्त ७.४९ करोड घाटामा, वितरणयोग्य मुनाफा ७.२८ करोड रुपैयाँले ऋणात्मक

Bizshala
एनएमबी लघुवित्त ७.४९ करोड घाटामा, वितरणयोग्य मुनाफा ७.२८ करोड रुपैयाँले ऋणात्मक
New Office

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेड चालु आवको तेस्रो त्रैमाससम्म ७ करोड ४९ लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले १ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानीमा पनि गिरावट आएको छ । खुद ब्याज आम्दानी ३२.४५ प्रतिशतले घट्दै १७ करोड ५३ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आवको समीक्षा अवधिसम्म कम्पनीको खुद ब्याज आम्दानी २५ करोड ९६ लाख रुपैयाँ थियो । तेस्रो त्रैमाससम्म संस्थाको वितरणयोग्य मुनाफा ७ करोड २७ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

संस्थाको इम्पेयरमेन्ट चार्ज २ करोड २४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । संस्थाको कर्मचारी खर्च पनि १७ करोड ६७ लाख रुपैयाँ ऋणात्मक र अन्य सञ्चालन खर्च ५ करोड ९२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो अवधिसम्म संस्थाको निक्षेप संकलन घटेको छ । अघिल्लो आवसम्म १ अर्ब ५४ करोड निक्षेप संकलन गरेको संस्थाले समीक्षा अवधिसम्म भने १ अर्ब ३४ करोड मात्रै निक्षेप संकलन गर्न सफल भएको छ ।  

संस्थाको कर्जा प्रवाह पनि बढेको छ । संस्थाले ५ अर्ब ९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । जुन अघिल्लो आवको तुलनामा ४.७१ प्रतिशतले धेरै हो ।  

संस्थाको खराब कर्जा अनुपातमा केहि कमी आएको छ । संस्थाको खराब कर्जा अनुपात ८.२९ प्रतिशत कायम भइको छ । अघिल्लो आवमा संस्थाको खराब कर्जा अनुपात ८.९७ प्रतिशत कायम थियो ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस)१३.८५ रुपैयाँ ऋणात्मक,,प्रतिसेयर नेटवर्थ १२६.२० रुपैयाँ,मूल्य आम्दानी अनुपात ४२.३८ गुणा ऋणात्मक,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ७५३.५२ रुपैयाँ र तरलता अनुपात ९.९५ प्रतिशत कायम भएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.