काठमाण्डौ। माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति प्राप्त गरेको छ। कम्पनीको नवौँ वार्षिक साधारणसभाबाट हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित भएको थियो। सोही निर्णयअनुसार कम्पनीले हकप्रद निष्कासनको पूर्वस्वीकृतिका लागि विद्युत नियमन आयोगसमक्ष आवेदन दिएको थियो।
आयोगले २०८३ भदौ १७ गतेको पत्रमार्फत कम्पनीलाई हाल कायम चुक्तापूँजी १ अर्ब रुपैयाँको १ः१ अनुपातमा १ अर्ब रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति प्रदान गरेको कम्पनीले जनाएको छ।
स्वीकृतिअनुसार कम्पनीले प्रति कित्ता १०० रुपैयाँ अंकित दरका १ करोड कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।