शुक्रबार, भाद्र १९,२०८३ 04:17:18
Bizshala
  • शुक्रबार, भाद्र १९,२०८३ 04:17:18
Bizshala
Global IME Bank Limited

कोरला नाका हुँदै भित्रिएका सामान अब चोभारमै जाँचपास गर्न सकिने

कोरला नाका हुँदै भित्रिएका सामान अब चोभारमै जाँचपास गर्न सकिने
New Office

 

काठमाण्डौ । रसुवागढी नाका बाढीका कारण अवरुद्ध भएपछि वैकल्पिक व्यापारिक मार्गका रूपमा प्रयोग भइरहेको मुस्ताङको कोरला नाका हुँदै नेपाल भित्रिएका सामान अब काठमाडौंको चोभार सुक्खा बन्दरगाह भन्सार कार्यालयमै जाँचपास गर्न सकिने भएको छ।

भन्सार विभागले मुस्ताङ भन्सार कार्यालयबाट पैठारीका लागि आएका वस्तुलाई आन्तरिक परिवहन सुविधाअन्तर्गत सिधै चोभारसम्म ल्याएर जाँचपास गर्न सकिने व्यवस्था गरेको हो।

यससँगै कोरला नाका हुँदै आएका मालवस्तुलाई मुस्ताङमै जाँचपास गर्नुपर्ने बाध्यता हटेको छ। तोकिएका सर्त र प्रक्रिया पूरा गरी अर्को निर्णय नभएसम्म यो सुविधा लागू रहने विभागले जनाएको छ।

विभागले मालबाहक सवारीका लागि निश्चित सडक रुटसमेत तोकेको छ।

Bizshala
CG Motors
Muktinath Bikas Bank Limited

कोरला नाकाबाट प्रवेश गरेका सवारी नेचुङ–छुसाङ–कागबेनी–जोमसोम–बेनी–कुस्मा–पोखरा–दमौली–मुग्लिङ–कुरिनटार–नौबिसे–कलंकी हुँदै चोभार सुक्खा बन्दरगाह पुग्नेछन्।

उक्त रुटमा समस्या आएमा वैकल्पिक रूपमा मुग्लिङ–नारायणघाट–हेटौंडा–भैँसे–नौबिसे–कलंकी–चोभार मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।

यस्तै, गुडाएर ल्याइने नयाँ सवारीसाधनका लागि तत्काल हेटौंडातर्फको रुट प्रयोग गर्ने व्यवस्था गरिएको छ।

रसुवागढी नाका विनाशकारी बाढीबाट ठूलो क्षति पुगेपछि नेपाल–चीन व्यापारका लागि कोरला नाकाको प्रयोग बढाइएको छ। यस्तो अवस्थामा चोभारमै भन्सार जाँचपासको सुविधा उपलब्ध हुँदा आयातकर्ताको प्रक्रियागत झन्झट कम हुने र ढुवानी व्यवस्थापनमा केही सहजता आउने अपेक्षा गरिएको छ।

यो व्यवस्थाले विशेषगरी चीनबाट आउने मालसामानलाई वैकल्पिक मार्गमार्फत काठमाडौंसम्म ल्याउन र एकै स्थानबाट जाँचपास गर्न सहयोग पुग्ने देखिएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.