काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि मिडिया तथा टिकेटिङ अधिकारसम्बन्धी बोलपत्र तथा खरिद प्रक्रिया सम्पन्न गरी सफल अधिकारधनीहरूको घोषणा गरेको छ।
क्यानले सार्वजनिक गरेको विवरणअनुसार एनपीएलको तेस्रो संस्करणका लागि ओटीटी तथा विश्वव्यापी प्रसारण अधिकार नेट टीभीले प्राप्त गरेको छ। उक्त अधिकारका लागि नेटटीभीले रु. १८ करोड ४ लाख भुक्तानी गर्नेछ।
त्यस्तै, लिनियर टेलिभिजन प्रसारण अधिकार (नेपाल क्षेत्र) हिमालयन टेलिभिजन नेटवर्कले प्राप्त गरेको छ। यसका लागि रु. १४ करोड ६४ लाख रकम तय भएको क्यानले जनाएको छ।
एनपीएलको टिकटिङ अधिकार भने ई–सेवा प्रालिले प्राप्त गरेको छ। टिकटिङ अधिकारका लागि रु. ८५ लाख रकम तय भएको छ।
साथै, सहमत व्यावसायिक शर्तअनुसार टिकट बिक्रीबाट प्राप्त आम्दानीको ९५ प्रतिशत क्यान र ५ प्रतिशत इसेवाले प्राप्त गर्ने व्यवस्था गरिएको छ।
क्यानले सम्बन्धित अधिकार प्राप्त गर्ने नेटटीभी, हिमालय टेलिभिजन तथा इसेवालाई एनपीएलको तेस्रो संस्करणलाई अझ सफल, व्यवस्थित र प्रभावकारी बनाउन सबै सरोकारवालासँग सहकार्य गर्न प्रतिबद्ध रहन आग्रह गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।