बुधबार, भाद्र ३१,२०८३ 03:31:08
Bizshala
  • बुधबार, भाद्र ३१,२०८३ 03:31:08
Bizshala
Global IME Bank Limited

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै

स्तन क्यान्सर सचेतनाका लागि ‘पिंकवाक २०२६’ आयोजना हुँदै
New Office

काठमाण्डौ । स्तन क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, प्रारम्भिक पहिचानको महत्वबारे जानकारी फैलाउने तथा क्यान्सर प्रभावित व्यक्ति र परिवारप्रति ऐक्यबद्धता जनाउने उद्देश्यले ‘पिंकवाक २०२६’ आयोजना हुने भएको छ।

इन्फिनिट केयर्सले क्यान्सर केयर नेपालसँगको सहकार्यमा आयोजना गर्न गइरहेको  पिंकवाक आगामी असोज १७ गते शनिवार, बिहान ६ बजे शुरु हुनेछ। यस अन्तर्गत सहभागीहरूले बसन्तपुरस्थित काठमाण्डौ दरबार स्क्वायरदेखि ललितपुरको मंगलबजारस्थित पाटन दरबार स्क्वायरसम्म पदयात्रा गर्नेछन्।

पिंकवाकमा स्वास्थ्यकर्मी, क्यान्सरबाट निको भएका व्यक्ति तथा प्रभावित परिवार, विभिन्न संघसंस्था, साझेदार संस्था, सञ्चारकर्मी तथा सर्वसाधारणको सहभागिता रहने आयोजकले जनाएको छ।

स्तन क्यान्सर समयमै पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले नियमित स्वास्थ्य परीक्षण, प्रारम्भिक पहिचान र समयमै उपचारका विषयमा समुदायमा सचेतना फैलाउनु कार्यक्रमको प्रमुख उद्देश्य रहेको आयोजकको भनाइ छ।

Shivam Cement
Bizshala
CG Motors

साथै, क्यान्सर उपचार तथा पुनःस्थापनाको क्रममा रहेका व्यक्ति र परिवारलाई सामाजिक तथा भावनात्मक सहयोग आवश्यक रहेको सन्देश पनि कार्यक्रममार्फत प्रवाह गरिनेछ।

इन्फिनिट केयर्सका तर्फबाट दिजुप तुलाधर इकाई प्रमुखले पिंकवाकलाई केवल पदयात्रामा सीमित नभई सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभियानका रूपमा अघि बढाउन खोजिएको बताए।

‘पिंकवाक केवल एउटा पदयात्रा होइन, यो सचेतना, आशा, साहस र ऐक्यबद्धताको सामूहिक अभिव्यक्ति हो। स्तन क्यान्सरका बारेमा खुलेर कुरा गर्ने वातावरण निर्माण गर्नु, प्रारम्भिक पहिचानको महत्व बुझाउनु र क्यान्सरबाट प्रभावित व्यक्ति तथा परिवारको साथमा समुदायलाई उभ्याउनु हाम्रो मुख्य उद्देश्य हो। सबैलाई पिंकवाक २०२६ मा सहभागी भई यस अभियानलाई सफल बनाउन सहयोग गर्न आग्रह गर्दछौं’ दिजुप तुलाधरले भने।

पिंकवाक २०२६ क्यान्सर केयर नेपाल, नेशनल अस्पताल तथा क्यान्सर सेन्टर, आईएसएस साउन्ड, नोभाला बायोटेक, पठाओ नेपाल, इसेवा, ह्याप्पी माइन्डस्, साझेदारीमा आयोजना हुँदैछ भने नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटी, काठमाण्डौ महानगरपालिका तथा ललितपुर महानगरपालिकाको सहयोग रहेको छ।

Muktinath Bikas Bank Limited

पिंकवाकको पहिलो संस्करण २०८० असोजमा सम्पन्न भएको थियो जसमा ६०० भन्दा बढी सहभागीहरूले स्तन क्यान्सर सम्बन्धी जानकारी दिने सामाग्रीका साथ नारायण चौर नक्सालदेखि स्वयम्भुसम्मको पदयात्रा सम्पन्न गरेर भव्यरुपमा सफल बनाउनु भएको थियो । यस अभियानको दोस्रो संस्करणले पनि स्तन क्यान्सरसम्बन्धी सचेतना, प्रारम्भिक पहिचान, सामुदायिक सहभागिता तथा क्यान्सर प्रभावित व्यक्तिहरूलाई सहयोग गर्ने उद्देश्यलाई निरन्तरता दिएको आयोजकले जनाएको छ।

इन्फिनिट केयर्स इन्फिनिट सफ्टवेयर सर्भिसेज नेपाल प्रा।लि।को  सामाजिक उत्तरदायित्व सामुदायिक पहलहरूमध्येको अन्तर्गत गरिने एक कार्यक्रम हो । इन्फिनिट सफ्टवेयर सर्भिसेज नेपाल प्रालि बहुराष्ट‍्रिय आईटी सेवा तथा डिजिटल इन्जिनियरिङ क्षेत्रमा कार्यरत कम्पनी इन्फिनिट कम्प्युटर सोलुसन्सको नेपालस्थित सफ्टवेयर विकास तथा आईटी सेवा केन्द्र हो, जहाँ ६०० भन्दा बढी जनशक्ति कार्यरत छन्। 

नेपालमा इन्फिनिटले व्यवसाय र प्रविधिसँगै विभिन्न सामाजिक उत्तरदायित्व तथा सामुदायिक पहलहरूमार्फत समाजमा सकारात्मक प्रभाव सिर्जना गर्ने उद्देश्यका साथ काम गर्दै आएको छ। पिंकवाक पनि स्वस्थ, समावेशी र दिगो समाज निर्माणमा योगदान पुऱ्याउने यस्तै सामाजिक पहलको एक अभियान हो।

क्यान्सर केयर नेपाल नेपालभर क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि, रोकथाम, प्रारम्भिक पहिचान तथा क्यान्सर प्रभावित बिरामीलाई आवश्यक सहयोग प्रदान गर्ने उद्देश्यले समर्पित गैरनाफामूलक संस्था हो। संस्थाले अस्पताल, स्वास्थ्यकर्मी, समुदाय तथा दातृ निकायहरूसँग सहकार्य गर्दै व्यक्तिको बसोबास गर्ने स्थान वा आर्थिक अवस्थाका कारण क्यान्सरसम्बन्धी आवश्यक जानकारी, स्वास्थ्य परीक्षण तथा उपचारबाट कोही पनि वञ्चित नहोस् भन्ने उद्देश्यका साथ काम गर्दै आएको छ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.