काठमाण्डौ । कारोबार अवधिमा मूल्य प्रभावित बनाउन विकास हाइड्रोपावर कम्पनीले लिमिटेडले लाभांश घोषणा गरेको छ ।
कम्पनीले गत आर्थिक वर्ष २०८२–८३ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको भदौ ३१ गते बसेको संचालक समितिको बैठकले गत आवको मुनाफाबाट चुक्तापूँजी ९० करोड ९१ लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) दिने निर्णय गरेको छ ।
उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुमा वितरण हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।