काठमाण्डौ । हिमालयन क्यापिटल लिमिटेडले भोटेकोशी–त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० लाख १ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।
कम्पनीका अनुसार कुल सहयोग रकममध्ये ९ लाख १ हजार रुपैयाँ संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कोषबाट उपलब्ध गराइएको हो। बाँकी १ लाख रुपैयाँ कम्पनीमा कार्यरत कर्मचारीहरूको स्वेच्छिक योगदानबाट संकलन गरिएको छ।
हिमालयन बैंकको सहायक कम्पनीसमेत रहेको हिमालयन क्यापिटलले विपद्मा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा समवेदना जनाएको छ। साथै बेपत्ता नागरिकको शीघ्र उद्धार र घाइतेहरूको स्वास्थ्यलाभको कामना गरेको छ।
कम्पनीले विपद्को समयमा प्रभावित समुदायको साथमा उभिनु आफ्नो सामाजिक दायित्व भएको उल्लेख गर्दै उद्धार तथा राहतमा खटिएका निकाय र स्वयंसेवकप्रति आभार तथा ऐक्यबद्धता व्यक्त गरेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।