शुक्रबार, आश्विन २,२०८३ 04:08:39
Bizshala
  • शुक्रबार, आश्विन २,२०८३ 04:08:39
Bizshala
Global IME Bank Limited

बृहत संयुक्त मोर्चा बनाएर नयाँ आन्दोलनको तयारीमा छौं : प्रचण्ड

बृहत संयुक्त मोर्चा बनाएर नयाँ आन्दोलनको तयारीमा छौं : प्रचण्ड
New Office

 

काठमाण्डौ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारविरुद्ध बृहत संयुक्त मोर्चा निर्माण गर्दै नयाँ आन्दोलनको तयारी भइरहेको बताएका छन्।

नेकपा निकट किसान महासंघको भेलालाई सम्बोधन गर्दै प्रचण्डले वर्तमान सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको आरोप लगाए। त्यसको प्रतिरोधका लागि विभिन्न राजनीतिक दल, बुद्धिजीवी र नागरिक समाजलाई समेटेर संयुक्त मोर्चा बनाउने प्रयास भइरहेको उनको भनाइ छ।

“अहिलेको नयाँ भनिएको सरकारले दमन, ज्यादती र अत्याचार सुरु गरेको छ,” प्रचण्डले भने, “त्यसका विरुद्ध बृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ। हामी त्यसको तयारीमा छौं।”

उनले आन्दोलनको तयारीका क्रममा विभिन्न राजनीतिक शक्ति, बुद्धिजीवी तथा नागरिक समाजका प्रतिनिधिसँग निरन्तर छलफल भइरहेको बताए। ती छलफलहरू सकारात्मक दिशामा अघि बढिरहेको उनको दाबी छ।

Shivam Cement
Bizshala
CG Motors

प्रचण्डले पार्टी नेता तथा कार्यकर्तालाई आन्दोलनका लागि वैचारिक र सांगठनिक रूपमा तयार रहनसमेत आग्रह गरे।

उनले वर्तमान राजनीतिक परिस्थितिलाई ‘प्रतिक्रान्ति’को संज्ञा दिँदै त्यसलाई परास्त गरेर आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउनुपर्ने बताए।

“हामी सबैले प्रतिक्रान्तिलाई परास्त गर्ने र क्रान्तिलाई नयाँ उचाइमा उठाउने संकल्प गर्नुपर्ने आवश्यकता छ,” उनले भने।

प्रचण्डका अनुसार तत्काल आन्दोलन घोषणा गर्नेभन्दा पनि चाडपर्वपछि देशको राजनीतिक परिस्थिति मूल्यांकन गरेर नयाँ आन्दोलनको स्वरूप तय गरिनेछ।

उनले सरकारविरुद्ध साझा एजेन्डा निर्माण गर्दै व्यापक राजनीतिक तथा सामाजिक शक्तिलाई एउटै मोर्चामा ल्याउने प्रयास जारी रहेको बताए।

Muktinath Bikas Bank Limited
Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.