काठमाण्डौ । नेपालका बाढी प्रभावित समुदायको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग पुर्याउने उद्देश्यले राइड सेयरिङ प्लेटफर्म Uber ले ‘Ride for Nepal’ अभियान सुरु गर्ने भएको छ।
सेप्टेम्बर २१ देखि अक्टोबर २०, २०२६ सम्म सञ्चालन हुने अभियानअन्तर्गत Uber ले बाढी प्रभावित समुदायका लागि नेपाल रेडक्रस सोसाइटीलाई रु. ५० लाख सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। उक्त रकम आपतकालीन राहत सामग्री, अस्थायी आश्रय तथा पुनर्स्थापनाका काममा प्रयोग गरिने कम्पनीले जनाएको छ।
यससँगै अभियान अवधिभर Uber प्लेटफर्मबाट सम्पन्न हुने प्रत्येक Uber Bike यात्राबापत रु. १० र Uber Cab यात्राबापत रु. २० कम्पनीले आफ्नो तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा योगदान गर्ने जनाएको छ।
यसरी Uber मार्फत यात्रा संख्या बढ्दै जाँदा बाढी प्रभावित समुदायका लागि जम्मा हुने राहत रकम पनि बढ्दै जानेछ।
कम्पनीका अनुसार यात्रुले तिर्ने भाडा वा चालकले प्राप्त गर्ने रकमबाट उक्त सहयोग कट्टा गरिने छैन। यात्रुले नियमित भाडा नै तिर्नेछन् भने चालकले पनि साविकअनुसारकै रकम प्राप्त गर्नेछन्। प्रति यात्रा थपिने रु. १० वा रु. २० Uber ले आफ्नै तर्फबाट अतिरिक्त रूपमा उपलब्ध गराउनेछ।
Uber को नेपालका लागि रणनीतिक साझेदार Taximandu का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत अर्जुन केसीले दैनिक यात्रालाई सामाजिक योगदानसँग जोड्ने उद्देश्यले अभियान ल्याइएको बताए।
उनले भने, ‘यात्रुले बुक गर्ने हरेक राइड र चालक साथीहरूले पूरा गर्ने हरेक यात्रासँगै राहतका लागि Uber को योगदान बढ्दै जानेछ। हाम्रो हरेक यात्रा बाढी प्रभावित क्षेत्रको राहत, पुनर्स्थापना तथा पुनर्निर्माणमा जोडिएको एउटा योगदान बनोस्।’
Uber India and South Asia की Head, International Markets Akanksha Singh का अनुसार विपद्पछिको राहत र पुनर्स्थापनामा सामूहिक प्रयास आवश्यक रहेको र Uber को जिम्मेवारी मोबिलिटी सेवा उपलब्ध गराउनमा मात्रै सीमित नरहेको कम्पनीको धारणा छ।
अभियानमा सहभागी हुन यात्रुले Uber एपमार्फत नियमित रूपमा राइड बुक गर्नुपर्नेछ भने चालकले Uber Driver एपमा अनलाइन भई राइड स्वीकार गरेर यात्रा पूरा गर्नुपर्नेछ।
कम्पनीले अभियानको सन्देश ‘जति धेरै Ride, त्यति धेरै सहयोग’ तय गरेको छ।
अभियानअन्तर्गत Uber को योगदान
- Uber Bike: रु. १० प्रति सम्पन्न यात्रा
- Uber Cab: रु. २० प्रति सम्पन्न यात्रा
- नेपाल रेडक्रस सोसाइटीलाई प्रत्यक्ष सहयोग: रु. ५० लाख
अभियान सेप्टेम्बर २१ देखि अक्टोबर २० सम्म एक महिनासम्म सञ्चालन हुनेछ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।