सोमबार, आश्विन २६,२०८३ 09:42:52
Bizshala
  • सोमबार, आश्विन २६,२०८३ 09:42:52
Bizshala
Global IME Bank Limited

दसैंमा खसी–च्याङ्ग्रामा सरकारी सहुलियत नहुने, बजेट अभावले बिक्री रोकियो

Bizshala
दसैंमा खसी–च्याङ्ग्रामा सरकारी सहुलियत नहुने, बजेट अभावले बिक्री रोकियो
New Office

 

काठमाण्डौ । चाडपर्वका बेला बजार मूल्य नियन्त्रणका लागि विगतका वर्षहरूमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको सरकारले यस वर्ष भने यस्तो बिक्री नगर्ने भएको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बजेट अभावका कारण यस वर्ष दसैंमा खसी–च्याङ्ग्रा बिक्री नगर्ने जनाएको हो।

कम्पनीका सूचना अधिकारी माधव मिश्रका अनुसार यस वर्ष खसीबोका खरिदका लागि बजेट विनियोजन गरिएको छैन। सोही कारण उपत्यकामा सहुलियत दरमा चौपाया ल्याएर बिक्री गर्ने कार्यक्रम नरहेको उनले बताएका छन्।

कम्पनीले विगतमा बजारको बढ्दो मूल्यलाई सन्तुलनमा राख्न दसैंको समयमा सहुलियत दरमा खसी, बोका तथा च्याङ्ग्रा बिक्री गर्दै आएको थियो।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

आर्थिक वर्ष २०८१ को दसैंमा कम्पनीले १ हजार ५ सय खसी–बोका र ३ सय च्याङ्ग्रा ल्याएर सहुलियत मूल्यमा बिक्री गरेको थियो। त्यसबेला जिउँदो खसीको मूल्य प्रतिकिलो ६७० रुपैयाँ र च्याङ्ग्राको मूल्य प्रतिकिलो १ हजार २३० रुपैयाँ निर्धारण गरिएको थियो। उपभोक्तालाई प्रतिकिलो १० रुपैयाँ छुट दिएर बिक्री गरिएको थियो।

गत वर्ष कम्पनीले च्याङ्ग्रा बिक्रीका लागि अनलाइन बुकिङसमेत खुला गरेको थियो। तर पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि खसी–च्याङ्ग्रा काठमाडौं ल्याउन नसक्दा बुकिङ रद्द गर्नुपरेको थियो।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

चौपाया खरिद–बिक्री केन्द्रका अनुसार यस वर्षको दसैंमा काठमाडौं उपत्यकामा मात्रै ३५ हजारदेखि ४० हजारसम्म खसी, बोका तथा च्याङ्ग्राको माग हुने अनुमान गरिएको छ।

सरकारले यस वर्ष सहुलियत बिक्री नगर्ने भएपछि दसैंको माग निजी व्यवसायी तथा बजार आपूर्तिमै निर्भर हुने देखिएको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.