मंगलवार, आश्विन २७,२०८३ 10:19:44
Bizshala
  • मंगलवार, आश्विन २७,२०८३ 10:19:44
Bizshala
Global IME Bank Limited

एमजी मोटर नेपालको चाडपर्व अफर, नयाँ गाडी किन्दा ३ लाख रुपैयाँसम्म बचत

Bizshala
एमजी मोटर नेपालको चाडपर्व अफर, नयाँ गाडी किन्दा ३ लाख रुपैयाँसम्म बचत
New Office

काठमाण्डौ । एमजी मोटरको नेपालका लागि आधिकारिक वितरक पारामाउण्ट मोटर्स नेपालले चाडपर्वलाई लक्षित गर्दै विशेष अफर ‘Drive More, Celebrate More’ सार्वजनिक गरेको छ।

असोज ६ गतेदेखि छठ पर्वसम्म लागू हुने योजनाअन्तर्गत एमजीका विभिन्न मोडलका नयाँ गाडी खरिद गर्ने ग्राहकले ३ लाख रुपैयाँसम्म बचत गर्न सक्ने कम्पनीले जनाएको छ।

अफरअन्तर्गत ग्राहकले निःशुल्क अटो प्लस इन्स्योरेन्स, रोड ट्याक्स, सहज एक्सचेन्ज तथा सहज फाइनान्सिङ सुविधासमेत प्राप्त गर्नेछन्।

कम्पनीका अनुसार ‘Drive More, Celebrate More’ अफरमा MG HS PHEV/HEV, MG U9 EV, MG IM6, MG S6 EV, MG S5 EV र MG4 लगायतका मोडल समावेश छन्।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

हालै नेपाली बजारमा सार्वजनिक गरिएको MG HS PHEV/HEV मा आधुनिक हाइब्रिड प्रविधिसँगै प्रिमियम कम्फर्ट र उत्कृष्ट पर्फर्मेन्स उपलब्ध रहेको कम्पनीले जनाएको छ।

त्यस्तै, MG U9 EV क्षमता र बहुउपयोगितालाई केन्द्रमा राखेर तयार गरिएको फोर ह्वील ड्राइभ (4x4) इलेक्ट्रिक पिकअप हो।

कम्पनीका अनुसार MG S6 EV मा १८० किलोवाट क्षमताको मोटर, रियर ह्वील ड्राइभ (RWD), इन्डिपेन्डेन्ट रियर सस्पेन्सन तथा एकपटकको चार्जमा ५३० किलोमिटरसम्मको रेन्ज उपलब्ध छ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

ग्राहकमाझ लोकप्रिय MG S5 EV भने ४३ लाख ९९ हजार रुपैयाँदेखि उपलब्ध रहेको कम्पनीले जनाएको छ। यसमा पनि RWD तथा इन्डिपेन्डेन्ट रियर सस्पेन्सन जस्ता विशेषता समावेश छन्।

विभिन्न हाइब्रिड तथा विद्युतीय मोडल उपलब्ध रहेकाले ग्राहकले आफ्नो आवश्यकता र रुचिअनुसार उपयुक्त गाडी छनोट गर्न सक्ने पारामाउण्ट मोटर्सले जनाएको छ।

कम्पनीले चाडपर्व अफरमा सहभागी हुन तथा उपलब्ध मोडल, मूल्य र सुविधाबारे थप जानकारी लिन नजिकको एमजी शोरुममा सम्पर्क गर्न ग्राहकलाई आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X