बुधबार, आश्विन ७,२०८३ 03:42:24
Bizshala
  • बुधबार, आश्विन ७,२०८३ 03:42:24
Bizshala
Global IME Bank Limited

घरेलु उद्योगको माग : बिनाधितो कर्जा देऊ, नयाँ उद्योगलाई कर छुट गर

Bizshala
घरेलु उद्योगको माग : बिनाधितो कर्जा देऊ, नयाँ उद्योगलाई कर छुट गर
New Office

काठमाण्डौ । नेपाल घरेलु तथा साना उद्योग महासंघले लघु, घरेलु तथा साना उद्योग (एमएसएमई) क्षेत्रलाई राष्ट्रिय आर्थिक प्राथमिकतामा राख्दै नीतिगत सुधार र विशेष सहुलियतका कार्यक्रम ल्याउन सरकारसँग माग गरेको छ।

महासंघको प्रतिनिधिमण्डलले कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी आगामी १० वर्षलाई ‘एमएसएमई डेभलपमेन्ट डिकेड’ घोषणा गर्न प्रस्ताव गरेको हो। अर्थ मन्त्रालयको आधिकारिक वेबसाइटमा वाग्ले हाल अर्थमन्त्रीका रूपमा उल्लेख छन्।

महासंघले एमएसएमईलाई सहुलियतपूर्ण तथा बिनाधितो कर्जा उपलब्ध गराउने व्यवस्था गर्न, नयाँ उद्योगलाई कर सहुलियत दिन तथा उद्योग सञ्चालनका क्रममा देखिएका नीतिगत र प्रक्रियागत अवरोध हटाउन सरकारको ध्यानाकर्षण गराएको छ।

महासंघले सार्वजनिक खरिदमा कम्तीमा ३० प्रतिशत स्वदेशी एमएसएमई उत्पादनलाई प्राथमिकता दिनुपर्ने प्रस्तावसमेत गरेको छ। स्वदेशी उत्पादनको बजार विस्तारका लागि ‘मेड इन नेपाल’ अभियानलाई प्रभावकारी बनाउने, निर्यात सहजीकरण गर्ने र आधुनिक प्रविधि भित्र्याउन सरकारी अनुदानको व्यवस्था गर्नुपर्ने उसका सुझाव छन्।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

महिला र वैदेशिक रोजगारीबाट फर्किएकालाई विशेष प्याकेज

महासंघले महिला उद्यमी तथा वैदेशिक रोजगारीबाट फर्किएका युवालाई लक्षित गरी विशेष उद्यमशीलता प्याकेज सञ्चालन गर्न सरकारलाई सुझाव दिएको छ।

त्यसैगरी ‘१०० स्टार्टअप–१०० इन्भेष्टर’ कार्यक्रम सञ्चालन गरी नयाँ उद्यम र लगानीकर्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापित गर्न तथा उद्योगसँग सम्बन्धित सरकारी सेवा छिटोछरितो बनाउन ‘फास्ट–ट्रयाक इन्डस्ट्रियल सर्भिस’ लागू गर्न पनि महासंघले प्रस्ताव गरेको छ।

सरकार, निजी क्षेत्र र अन्य सरोकारवालाबीच प्रभावकारी सहकार्य भए उत्पादन, रोजगारी तथा निर्यात वृद्धि गर्दै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्न सकिने महासंघको भनाइ छ।

महासंघका अनुसार उसका माग तथा सुझावबारे प्रतिक्रिया दिँदै वाग्लेले लघु, घरेलु तथा साना उद्योग क्षेत्र सरकारको प्राथमिकतामा रहेको बताएका छन्।

बाढीपीडितका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग

सोही अवसरमा महासंघले बाढी प्रभावित परिवारको राहतका लागि ५ लाख ५५ हजार ५५५ रुपैयाँ सहयोग गरेको छ।

महासंघकी अध्यक्ष शोभा गुरुङले उक्त रकम कार्यवाहक प्रधानमन्त्री तथा अर्थमन्त्री वाग्लेलाई हस्तान्तरण गरेकी हुन्। महासंघका अनुसार सहयोग रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ।

बाढीपीडितका लागि आवश्यक सामग्रीसमेत संकलन भइरहेको र ती सामग्री छिट्टै प्रभावित क्षेत्रमा वितरण गरिने महासंघले जनाएको छ।

गुरुङको नेतृत्वमा गएको प्रतिनिधिमण्डलमा महासंघका सल्लाहकार वासु गिरी, वरिष्ठ उपाध्यक्ष डम्बरप्रसाद रेग्मी, उपाध्यक्षहरू हरिहर थापा, मोहन कटुवाल, सत्यनारायण प्रजापति, जानकी प्रधान र गुणराज ढकाल, महिला उद्यमी समितिकी अध्यक्ष रिता अवाल, महासचिव विनोददेव पन्त तथा कोषाध्यक्ष वीरेन्द्र जत्तिलगायत सहभागी थिए।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.