काठमाण्डौ। विकास हाइड्रोपावर कम्पनीले वार्षिक साधारणसभा आह्वान गरेको छ । असोज ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले असोज २९ गते होटल स्मार्ट दरबार, धुम्बाराही, काठमाण्डौमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा गत आवका लागि प्रस्तावित १० प्रतिशत बोनस सेयर र ०.५२६३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक विवरण स्वीकृत गर्ने तथा आगामी आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव छन्।
यस्तै, सञ्चालक समितिबाट भएका निर्णय तथा कामकारबाही अनुमोदन, संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पारित र सञ्चालक समितिका सदस्यको भत्ता तथा सुविधा अनुमोदन गर्ने प्रस्ताव पनि रहेका छन्।
त्यस्तै, बोनस सेयर जारी गरी पुँजी वृद्धि गर्ने, कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने तथा आवश्यकताअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्तावसमेत विशेष एजेन्डामा समावेश गरिएको छ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ असोज १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।