आईतवार, भाद्र २३,२०८१ 07:39:48
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 07:39:48
IME remit
Global IME Bank Limited

जीवन बीमा कम्पनीहरुले कमाए झण्डै रु.५ अर्ब नाफा, ईपीएस कुनको कति ?

Hyundai Nepal
जीवन बीमा कम्पनीहरुले कमाए झण्डै रु.५ अर्ब नाफा, ईपीएस कुनको कति ?
Nabil Bank Limited

काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले करिब ५ अर्ब रुपैयाँ खुद नाफा आर्जन गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ९१ करोड ८६ लाख रुपैयाँ नाफा कमाएका हुन् । जीवन बीमकहरुले आर्जन गरेको यो मुनाफा गत आवको तुलनामा ४३.२१ प्रतिशतले बढी हो ।

गत आवको यसै अवधिसम्म जीवन बीमा कम्पनीहरुले ३ र्ब ४३ करोड ४६ लाख रुपैयाँ नाफा कमाएका थिए । चालु आवको नौ महिनामा सबैभन्दा बढी नाफा कमाउने कम्पनीमा एशियन लाइफ रहेको छ । कम्पनीले ६९ करोड ११ लाख रुपैयाँ नाफा कमाएर सर्वाधिक नाफा कमाउने कम्पनी बनेको छ । 

त्यस्तै, दोस्रोमा नेपाल लाइफले ६० करोड ३ लाख रुपैयाँ, सन नेपाल लाइफले ४९ करोड ३६ लाख, हिमालयन लाइफले ४३ करोड ५४ लाख, नेशनल लाइफले ३८ करोड ८३ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३४ करोड २ लाख रुपैयाँ, आइएमई लाइफले ३३ करोड १५ लाख रुपैयाँ, सानिमा रिलायन्स लाइफले ३० करोड ४८ लाख रुपैयाँ र सुर्यज्योति लाइफले २९ करोड ५४ लाख रुपैयाँ नाफा आर्जन गरेका छन् । यसका साथै सिटिजन लाइफले २८ करोड १३ लाख रुपैयाँ, मेट लाइफले २७ करोड ४ लाख रुपैयाँ, प्रभु महालक्ष्मी लाइफले २६ करोड ८९ लाख, एलआइसी नेपालले १९ करोड २४ लाख रुपैयाँ र राष्ट्रिय जीवन बीमा कम्पनीले २ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कुनको कति बढ्यो नाफा ? गत आवको तुलनामा यस अवधिसम्म हिमालयन लाइफ बाहेक सबै कम्पनीको नाफा बृद्धि भएको छ । सर्वाधिक नाफा बढाउनेमा एशियन लाइफ नै अगाडी रहेको छ । 

कम्पनीले गत आवको तुलनामा यस अवधिसम्म २५४.९२ प्रतिशतले नाफा बढाएको छ । त्यस्तै, दोस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनी रहेको छ । कम्पनीले पनि गत आवको तुलनामा ९३.७१ प्रतिशतले नाफा बढाउन सफल भएको छ । यसका साथै सानिमा रिलायन्स लाइफले ९२.९४ प्रतिशत, सिटिजन लाइफले ८७.३५ प्रतिशत, आइएमई लाइफले ७५.७९ प्रतिशत, एलआइसी नेपालले ७५.२६ प्रतिशत, प्रभु महालक्ष्मीले ३८.७५ प्रतिशत, सुर्यज्योति लाइफले ३३.८९ प्रतिशत, नेशनल लाइफले ३०.३० प्रतिशत, मेट लाइफले २६.७१ प्रतिशत, नेपाल लाइफले २२.२१ प्रतिशत, रिलायबल नेपाल लाइफले १९.०९ प्रतिशत र सन नेपाल लाइफले ११.०६ प्रतिशतले नाफा बढाएका छन् ।

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

हिमालयन लाइफको भने ७.९९ प्रतिशतले नाफा घटेको छ । ईपीएस कुनको कति ? चालु आवको तेस्रो त्रैमाससम्म सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस)एशियन लाइफकै रहेको छ । कम्पनीको ईपीएस २९.२० रुपैयाँ छ ।

त्यस्तै, दोस्रोमा सन नेपाल लाइफको २०.५७ रुपैयाँ छ । यसका साथै राष्ट्रिय जीवन बीमा कम्पनीको १८.०६ रुपैयाँ, आइएमई लाइफको ११.०५ रुपैयाँ, नेशनल लाइफको १०.३३ रुपैयाँ, नेपाल लाइफको ९.८० रुपैयाँ, रिलायबल नेपाल लाइफको ९.७८ रुपैयाँ, सानिमा रिलायन्स लाइफको ९.७१ रुपैयाँ, एलआइसी नेपालको ९.६७ रुपैयाँ, सिटिजन लाइफको ९.५३ प्रतिशत, सुर्यज्योति लाइफको ८.६७ रुपैयाँ र प्रभु महालक्ष्मी लाइफको ८.३५ रुपैयाँ छ ।

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X