काठमण्डौ । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले धादिङमा निर्माण हुने ४४ मेगावाट क्षमताको अपर आँखुखोला जलविद्युत आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।
कम्पनीको असोज ७ गते बसेको सञ्चालक समितिको बैठकले धादिङ आँखुखोला हाइड्रो प्रालिले प्रवर्द्धन गर्न लागेको अपर आँखुखोला जलविद्युत आयोजनामा उक्त रकम लगानी गर्ने निर्णय गरेको हो।
कम्पनीले सञ्चालक समितिको निर्णयअनुसार आयोजनामा ५ करोड रुपैयाँ लगानी गर्ने व्यहोरा जानकारी गराएको जनाएको छ। ४४ मेगावाट क्षमताको उक्त आयोजना धादिङमा निर्माण हुने महत्वपूर्ण जलविद्युत आयोजनामध्ये एक हो।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।