शनिबार, श्रावण २३,२०८३ 12:38:16
Bizshala
  • शनिबार, श्रावण २३,२०८३ 12:38:16
Bizshala
Global IME Bank Limited

मनी फ्लो इन्डेक्समा हिमालय रि इन्स्योरेन्सको सेयर ओभर सोल्ड जोनमा, अबको सम्भावना कस्तो ?

मनी फ्लो इन्डेक्समा हिमालय रि इन्स्योरेन्सको सेयर ओभर सोल्ड जोनमा, अबको सम्भावना कस्तो ?
New Office

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स नेपालकै पहिलो निजी क्षेत्रबाट स्थापित पुनर्बीमा कम्पनी हो । यो कम्पनीमा नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंकलगायत गोल्छा ग्रुप, शंकर ग्रुप , इन्फिनिटी ग्रुपलगायत २२ वटा समूहको लगानी रहेको छ ।  

आधारभूत पक्षः  

यस आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार कम्पनीको चुक्तापूँजी १० अर्ब रुपैयाँ रहेको छ । कम्पनीको जगेडा कोषको आकार ४ अर्ब ९० करोड ३६ लाख रुपैयाँ रहेको छ । यस हिसाबले कम्पनीको कुल पूँजी करिब १५ अर्ब रुपैयाँ रहेको छ । कम्पनीको खुद मुनाफा ९३ करोड ११ लाखबराबर रहेको छ ।  

त्यसैगरि कम्पनीको प्रतिसेयर आम्दानी १२.४ रुपैयाँ रहेको छ भने बुक भ्यालु १४९.९७ रुपैयाँ रहेको छ । कम्पनीको रिर्टन अन इक्विटी ८.२८ प्रतिशत रहेको छ ।  

प्राविधिक पक्षः  

फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल १५ को तह अर्थात स्ट्रङ वियरिस सेन्टिमेन्टमा चलेको छ । यो भनेको यस कम्पनीमा लगानीकर्ता अधिक डराएका छन भन्ने हो । कम्पनीको ५२ साताको उच्च मूल्य ७१४ रुपैयाँ रहेको छ भने न्यून मूल्य ३४० रुपंैयाँ रहेको छ । हाल दोस्रो बजारमा यो कम्पनीको सेयर भाउ ५६५ रुपैयाँमा अन्तिम कारोबार भएको छ । यस कम्पनीमा ७० प्रतिशत सेयर संस्थापक र ३० प्रतिशत सेयर सर्वसाधारण समूहको रहेको छ ।  

बोलिङगर ब्याण्ड म्याक्डी र आरएसआईको आधारमा  

डेली बेसमा बोलिङगर ब्याण्डको आधारमा यो कम्पनीको सेयर भाउ हाल तल्लो ब्याण्डमा चलेको छ । यससँगै तल्लो ब्याण्डमा इन्भर्टेड ह्याम्मर प्रकृतिका क्याण्डल बनेका छन् । म्याक्डीमा वियरिस क्रसओभर  भ्यालिड नै रहेको छ भने हिस्टोग्राम नेगेटिभ नै रहेका छन् । आरएसआई ओभर सोल्ड जोन ३० मा पुगेर हाल ३५ को तहमा फर्केको छ ।  

समग्र ३ वटै इन्डिकेटरबाट हेर्दा कम्पनीको सेयर भाउमा अधिक बिक्री रहेको देखिन्छ । मनी फ्लो इन्डेक्समा पनि यो कम्पनीको सेयर भाउ ओभर सोल्ड जोन १५ को तहमा पुगेको छ । यसले कम्पनीको सेयर भाउ कुनै पनि समयमा पुनःउकालो लाग्न सक्छ भन्ने हो ।  

पिभट विश्लेषण

पिभट् विश्लेषणमार्फत सेयर तथा डेरिभेटिभको अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ ।  

बढेमा प्रतिरोध  

प्रतिरोध ३ –६३७

प्रतिरोध २ –६१४

प्रतिरोध १– ५८७

पिभट प्वइन्टः ५७०

घटेमा सपोर्ट  

सपोर्ट १– ५४३

सपोर्ट २– ५२६

सपोर्ट  ३ –४९९

निष्कर्षः आधारभूत रुपमा कम्पनीलाई नियाल्दा अघिल्लो त्रैमासको आधारमा कम्पनीको खुद मुनाफा र प्रतिसेयर आम्दानीमा बढोत्तरी आएको छ । कम्पनीको बुक भ्यालु र रिटर्न अन इक्विटीमा पनि बढोत्तरी आएको छ । आधारभूत रुपमा यो कम्पनी प्रदर्शन सामान्य नै देखिन्छ । प्राविधिक रुपमा यो कम्पनीलाई विभिन्न इन्डिकेटर जस्तो मनी फ्लो इन्डेक्स र आरएसआईबाट हेर्दा ओभर सोल्ड जोनमा पुगेको देखिन्छ । ओभर सोल्ड जोनमा पुगेको कम्पनीले कुनै पनि बेला फेरी सम्हालिएर माथिको यात्रा तय गर्न सक्छ । हाल ५६५ मा चलेको यो कम्पनीको सेयर भाउ यदि पिभट् प्वइन्ट ५७५ भन्दा माथि जान्छ भने पुन माथिको यात्रा तय गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.