काठमाण्डौ । नारायणी नदीको देवघाट, चितवन र दरमखोलाको वामीटक्सार, बागलुङस्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको छ। दुवै नदीमा जलसतह बढ्दो क्रममा रहेकाले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले असोज १० गते बिहान ६ः५० बजे सूचना जारी गर्दै नदी आसपास तथा विगतमा डुबान हुने क्षेत्रका बासिन्दालाई बेलुकासम्मै विशेष सतर्क रहन आग्रह गरेको हो।
महाशाखाका अनुसार जलसतह बढ्दो क्रममा रहेकाले नदी किनार तथा तल्लो तटीय क्षेत्रमा डुबानको जोखिम रहन सक्छ। त्यसैले नदी आसपासका बासिन्दालाई आवश्यक सावधानी अपनाउन र जोखिमपूर्ण स्थानमा अनावश्यक आवतजावत नगर्न आग्रह गरिएको छ।
बाढी पूर्वानुमान महाशाखाले नदीको अवस्था निरन्तर अनुगमन गरिरहेको जनाएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।