शनिबार, आश्विन १०,२०८३ 10:39:23
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 10:39:23
Bizshala
Global IME Bank Limited

देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारीदेखि अति भारी वर्षाको चेतावनी

Bizshala
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारीदेखि अति भारी वर्षाको चेतावनी
New Office

काठमाण्डौ । आगामी २४ घण्टामा देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्नेछ।

कोशी, मधेश र बागमती प्रदेशका धेरै स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाका अनुसार पछिल्लो १२ घण्टामा गुल्मीको भार्से मौसम मापन केन्द्रमा ११४ मिलिमिटर वर्षा मापन भएको छ।

आज दिउँसो देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू(भागका अधिकांश स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भू(भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका अधिकांश स्थानमा तथा मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू(भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीसमेत चल्नसक्ने महाशाखाको पूर्वानुमान छ।

 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

शनिबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश स्थानमा बादल लाग्नेछ भने कोशी र मधेश प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ।

रातिको समयमा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भू(भागका अधिकांश स्थानमा, बागमतीका हिमाली तथा पहाडी भू(भागका धेरै स्थानमा र कोशीका हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

त्यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू(भागका अधिकांश स्थानमा, बागमती प्रदेशका तराई भू-भागका धेरै स्थानमा तथा मधेश र कोशी प्रदेशका तराई भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू(भागका केही स्थानमा हावाहुरी चल्नसक्ने पूर्वानुमान गरिएको छ।

हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार भारतको उत्तर महाराष्ट्र तथा छत्तिसगढ आसपास बलियो न्यून चापीय प्रणाली रहेको छ। उक्त प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर हुने र न्यून चापीय प्रणालीकै रूपमा रहने सम्भावना रहेको छ।

भारी तथा अति भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम बढ्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.