शनिबार, आश्विन १०,२०८३ 01:50:38
Bizshala
  • शनिबार, आश्विन १०,२०८३ 01:50:38
Bizshala
Global IME Bank Limited

लगातार वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक

Bizshala
लगातार वर्षापछि सुदूरपश्चिमका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक
New Office

काठमाण्डौ । लगातार भइरहेको वर्षाका कारण सम्भावित बाढी, पहिरो तथा अन्य जोखिमलाई मध्यनजर गर्दै सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

कैलाली र कञ्चनपुरबाहेक प्रदेशका अन्य सात जिल्लामा सम्बन्धित जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाएका हुन्।

लगातारको वर्षाका कारण पहाडी क्षेत्रमा हुनसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारीसाधन सञ्चालनमा रोक लगाइएको हो।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सम्बन्धित जिल्ला प्रशासन कार्यालयले छुट्टाछुट्टै सूचना जारी गरी छोटो तथा लामो दूरीका सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएका छन्।

पहिलो चरणमा शनिबार बिहान ७ बजेदेखि आइतबार बिहान ७ बजेसम्मका लागि रोक लगाइएको हो। वर्षाका कारण जोखिम तुलनात्मक रूपमा कम रहेको कैलाली र कञ्चनपुरमा भने सवारीसाधन सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

यसैबीच, प्रशासनको निर्णयबारे जानकारी नपाएर पहाडी जिल्लातर्फ गइरहेका केही सवारीसाधनलाई कैलालीको खानीडाँडामा रोकेर फर्काइएको ट्राफिक प्रहरीले जनाएको छ।

सुदूरपश्चिमका नौवटै जिल्लामा शुक्रबारदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण पहाडी क्षेत्रमा बाढी, पहिरो तथा सडक अवरोधको जोखिम बढेकाले अनावश्यक यात्रा नगर्न र सतर्कता अपनाउन स्थानीय प्रशासनले सर्वसाधारणलाई आग्रह गरेको छ।

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.