काठमाण्डौ। इस्टर्न हाइड्रोपावर लिमिटेडले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको असोज ५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी असोज २९ गते काठमाण्डौको बागबजारमा रहेको होटल हार्दिकमा बिहान ११ बजेदेखि शुरु हुनेछ ।
सभामा कम्पनीको १ः ०.८७१ वरावरको हकप्रद सेयर निष्काशन र कम्पनीको रजिष्टर्ड कार्यालय रहेको ठेगाना परिवर्तन हुनेहुँदा प्रवन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै कम्पनीको तर्फबाट अध्यक्षले पेश गर्ने आव २०८२/८३ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने ,कम्पनीको आव २०८२८३ को लेखापरिक्षण प्रतिवेदन तथा वासलात, नाफा नोक्सान हिसाव नगद प्रवाह विवरण तथा अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने र कम्पनीको आव २०८३/८४ को लेखापरिक्षण गर्नका लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ । ्
साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज २१ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।